Rato Pana
खेलकुद

तेक्वान्दो महासंघमा लम्साल र मगर मनोनीत

Advertise: Advertise: Advertise:

अमित अग्रवाल

वीरगन्ज । नेपाल तेक्वान्दो महासंघ (एनटिएफ)ले झापाका अर्जुन क्षेत्री लम्साल र काभ्रेपलाञ्चोककी गोमा थापा मगर(रीना) लाई भित्राएको छ ।

महासंघले उपाध्यक्षमा अर्जुन क्षेत्री लम्साल र बोर्ड सदस्यमा गोमा थापा मगर(रीना) लाई संस्थाको विधान अनुसार मनोनीत गरेको हो । उपाध्यक्ष लम्साल लामो समयदेखी नेपाली मार्शल आर्टस् क्षेत्रमा क्रियाशिल छन् । खेल ब्यवसस्थापकिय क्षमता भएका लम्सालको महासंघमा आगमनले प्रदेश नंं. १ मा तेक्वान्दो गतिविधि तिव्रहुने अपेक्षा गरिएको छ ।

त्यस्तै बोर्ड सदस्य गोमा थापा मगर(रीना) ख्याती प्राप्त लोकदोहोरी मोडल एवं समाजसेवी हुन् । नेपाली कला एवं सांस्कृतिक क्षेत्रमा ख्याती कमाएकी रीनाको तेक्वान्दो महासंघमा प्रवेशले मार्शल आर्टस् खेललाई कला र संस्कृतिसंग जोड्नका लागि कोसेढुंगाा सावित हुने महासंले अपेक्षा गरेको महासचविव सुदिपचन्द्र बख्रेल बताए ।

नेपाल तेक्वान्दो महासंघले अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ(आइटिएफ) पोल्याण्ड, विश्व सङमोक्वान संघ(अमेरीका), तेक्वान्दो अन्तर्राष्ट्रिय(बेलायत), अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ युनियन(आयरल्यान्ड), अन्तर्राष्ट्रिय परम्परागत तेक्वान्दो महासंघ(स्पेन) र विश्व तेक्वान्दो परिषद(जर्मनी) बाट सम्बन्धन पाएको छ ।

महासंघमा नेपाल परम्परागत तेक्वान्दो महासंघ, इन्टरनेशनल चाङहोन तेक्वान्दो महासंघ नेपाल, आइटिएफ नेपाल, नेपाल सङमोक्वान संघ र साङरोक नेपाल तेक्वान्दो एकेडेमी लगायतका तेक्वान्दो संघहरु आबद्ध रहेको महासचविवले बताए ।

Advertise:

Related posts

Leave a Comment