Categories धर्म/संस्कृति

के हो पितृ श्राद्घ ? पितृ श्राद्ध किन गरिन्छ ?

Advertisement

पर्सा । आजदेखी सोह्र श्राद्ध सुरु भयो । सामान्य अर्थमा श्राद्घ भनेको श्रद्धाको विषय हो, आदरको विषय हो । जसलाई आफ्ना पितृहरु प्रती श्रद्धा (आदर) छ उसले श्राद्ध गर्दछ । जसलाइ आफ्ना पितृहरु प्रती श्रद्धा छैन उसले श्राद्ध गर्नु र नगर्नुको कुनै औचित्य छैन । श्राद्घ भनेको केही पाउनको निम्ति गरिने होइन । श्राद्घ भनेको प्राप्ती को लागि होइन र यो प्राप्तिको कुरा पनि होइन ।

यो त केवल एक आफ्ना पितृहरु प्रतिको भक्तिको कुरा हो, आदरको कुरा हो अनि श्रद्घाको कुरा हो । आफ्ना पुर्वजहरुलाइ गरिने आदर हो श्राद्घ भनेको । हामी जसको कारणले यो धर्तिमा छौँ त्यो स्रोतलाई मान्न पर्छ । हाम्रो जिवनको स्रोत भनेका हाम्रा पुर्वज हुन् ।

Advertisement

हाम्रो धर्म संस्कृतिले पहिलो प्राथमिकतामा आमा बुबालाई राख्यो अर्थात् पितृलाइ राख्यो अनि मात्र देवतालाइ राख्यो । त्यसैले त कुनै पनि शुभकार्य गर्नु पहिले सुरुमा पितृ पुजा हुन्छ । पितृ पुजा नभइकन कुनै देव पुजा हुँदैन । यसकारण पनि हाम्रो धर्म संस्कृति ले हामिलाइ प्रष्ट रुपमा यो सिकाएको छ कि – तिम्रो बुबाआमा, पुर्वज भन्दा ठूलो भगवान् हैन भन्ने सिकाएको छ ।

Advertisement

कसैलाई मनमा यो लागेको होला कि ‘पितृ श्राद्घ नगरे के हुन्छ होला ?’
श्राद्घ नगर्दैमा केही हुँदैन । नगर्नेले नगर्दा पनि हुन्छ ।
हाम्रो धर्म संस्कृति मा यती धेरै छुट छ कि कसैले धर्म मान्दैन अनि श्राद्घ गर्दैन भनेपछि उसलाई कुनै दण्ड सजाय हुँदैन/ कुनै कानुनले समाउँदैन । न त पितृहरु नै आएर “मेरो श्राद्घ किन गरिनस् ?” भनेर रिसाउने हुन् ।

यो त एक केवल श्रद्घा को कुरा , प्रेमको कुरा अनि भक्तिको कुरा हो । प्रेम, भक्ती, श्रद्घामा कुनै कानुन नियम हुँदैन । जसलाइ आफ्नो बुवाआमा प्रती, पुर्वज प्रती श्रद्घा छ श्राद्घ गर्नुहोला । जसलाइ श्रद्घा, प्रेम छैन पुर्वज अनि बुबाआमा प्रती कुनै मतलब छैन उहाँ ले नगर्दा नि हुन्छ ।

पद्म पुराणमा भनिएको छ :
आयुः प्रजां धनं विद्यां स्वर्गं मोक्षं सुखानि च ।
प्रयच्छन्ति तथा राज्यं पितरः श्राद्धतर्पिताः

( पितृ श्राद्ध गर्नाले धन, सुख सम्पती, विद्या सबै थोकको सुख पाई मरेपछि समेत स्वर्ग तिर जान्छ )

बचन राज जोशी

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *