Categories समाचार

भोलेन्टियर समुह वीरगंज द्वारा सामाजिक सेवा दिवस अभियन्ताहरूलाई सम्मान गरि मनाईयो ।

Advertisement

श्याम सर्राफ

सामाजिक सेवा दिवसको अवसरमा सामाजिक अभियन्ताहरुलाइ सम्मान गरि शुभकामना आदानप्रदान गरि दिवस मनाइएको छ।

Advertisement

नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाहलमा सम्पन्न सम्मान कार्यक्रममा समाजसेवामा खट्टिने अभियन्ताहरूलाई सम्मान पत्र प्रदान गरिको हो ।

Advertisement

भोलेन्टियर समुह वीरगंजको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथी नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान बिशिस्ट अतिथी नेपाल उधोग बाणिज्य संघ प्रदेस २, शेयर बजार समिती सभापति नवनित अग्रवाल , अतिथी श्याम बन्जारा, प्रकाश थारु, डा.सरोज रोशन दास रहनुभएको थियो ।

कार्यक्रममा वक्ताहरूले आफ्ना निजी काम बाहेक पनी निस्वार्थ अरुको भलो हुने काम गर्ने सबै सामाजिक अभियन्ता हुन र जो कोहि पनी अभियन्ता बन्न सक्नेमा जोड दिनुभयो । आफ्ना व्यक्तिगत स्वार्थ त्यागी आफु गर्ने जुनसुकै पेशा बाट्ट पनी समय निकाली अरुको मुहारमा खुसी ल्याउन्न गरिएको सानो प्रयास पनी समाज सेवा हो ।

संस्थाका संयोजक राजन श्रीवास्तवको सभापतित्वमा भएको कार्यक्रममा सानोपाईला बचत तथा ऋण सहकारी संस्थाकि तस्बिरन खातुन , सोनार युवा अभियानका राजकुमार सर्राफ, ओबिसि का अखिलेश साह, आयुष गुप्ता, रोहित वर्णवाल, नुतुन सरावगी, प्रकाश खेतान, संचारकर्मी अनिल तिवारी, आशुं सर्राफ, संतोष रंजितरार, अजित भुजेल, लगायतको सहभागीता रहेको र कार्यक्रम संचालन संस्थाका महासचिव श्याम सर्राफले गर्नु भएको हो ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *