Categories शिक्षा समाचार

बिरगंज पब्लिक कलेजद्वारा कक्षा ११ का विद्यार्थीहरुको स्वागत र विभिन्न क्षेत्रमा योगदान पुर्याउनेलाई सम्मान

पर्सा । बिरगंज पब्लिक कलेजको आयोजनामा स्वागत तथा सम्मान कार्यक्रम आजदेखि सुरु भएको छ । सात दिनसम्म चल्ने सो कार्यक्रमको आज पहिलो दिन हो। बिरगंज पब्लिक कलेजका निर्देशक प्रोफेसर डा. दिपक शाक्यको सभापतित्वमा र बिरगंज महानगर पालिकाका शिक्षा शाखाका हरि राउतको प्रमुख आतिथ्यमा सो कार्यक्रम भएको थियो ।

बिरगंज पब्लिक कलेजले हरेक बर्ष कलेजमा भर्ना हुन आउनु भएका ११ कक्षाका विद्यार्थीहरुलाई स्वागत गर्ने र स्वागत कार्यक्रममा कलेजका नियम , कानुन र परिधीमा रहेर अनुशासित र मर्यादा पुर्वक कलेजमा कसरी अध्ययन गर्ने र यश कलेजबाट सिकेका ज्ञानलाई बाहिर प्रयोग गर्न र आफ्नो सिपलाई कसरी बिक्रि गर्न सकिन्छ भन्ने बारेमा डा. दिपक शाक्यले विद्यार्थीहरुलाई बुझाउनु भएको थियो ।

Advertisement

त्यसैगरि बिशिस्ट अतिथि अजित कुमार भुजेलले बिरगंज पब्लिक कलेज प्रदेश कै उत्कृष्ट र नेपालभरी मै टपटेनमा पर्न सफल कलेजमा पढ्न पाउनु नै भाग्यमानी रहेको बताए ।बिपिसी कलेज शिक्षाको ज्ञानदिने फैक्ट्री भएकोले यसबाट उत्पादित व्यक्तिमा क्वालिटी हुनुका साथै बजारमा बिक्री हुने भएकोले विद्यार्थीहरुको पहिलो रोजाई नै बिरगंज पब्लिक कलेज रहेको बताए ।
त्यसैगरि कलेजका निर्देशक प्रोफेसर डा. दिपक शाक्यले हामीले पढाएका विद्यार्थीहरु डिग्रीको लागि मात्र नभैइ व्यवहारिक ज्ञान पनि हुनु आवस्यक रहेको बताए ।

Advertisement

पहिलो सत्रमा डा. दिपक शाक्य , अरबिन्द श्रेष्ठ , बासुलाल कर्णेले विद्यार्थीहरुलाई सेल योर सेल्फ नामक बिषयमा प्रशिक्षण दिनु भएको थियो । व्यवहारिक ज्ञानको कमिले विद्यार्थीहरु आजको युगमा व्यापारीक क्षेत्रमा त्यति प्रतिस्पर्धा हुन नसकेको अवस्थामा यो तालिम अति नै व्यवहारिक हुने कुरा कलेजका अरबिन्द श्रेष्ठले बताउनु भयो।त्यसै गरि दोस्रो सत्रमा विद्यार्थीहरुले गित , नृत्य तथा विभिन्न शिक्षाप्रद खेलकुदहरु प्रस्तुत गरि कार्यक्रमलाई आकर्षक बनाएका थिए ।

सो कार्यक्रममा बिशिस्ट अतिथिमा ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष प्रकाश खेतान , पर्सा पोस्टका प्रकाशक अजित कुमार भुजेल , नेपाल टेलिभिजनका पर्सा सम्बादाता नेहाल खान , अतिथिमा अन्कुश दैनिकका सम्बादाता संतोष रन्जितकार , न्युज प्वाइन्टका प्रकाशक मन्सुर खान , बिरगंज सन्देश दैनिकका संतोष यादव , न्युज २४ टेलिभिजनका जाकिर हुसेन , मानव सेवा आश्रम प्रदेश न.२ का संयोजक देवेश गुप्ता , युवा वचन सस्था बिरगंजका अध्यक्ष किशु सरार्फ , कविता बर्मा , मात्रिका पोखरेल , क्याम्पसका हरि तुलाधर , बासुदेव लाल कर्ण , अरबिन्द श्रेष्ठ लगायत ११ का विद्यार्थीहरुको उपस्थिति रहेको थियोे । त्यसैगरि कलेजले आज मानव सेवा आश्रम पर्सा शाखाका सन्योजक मुना लिम्बू , सानू गुरुङ , भोलेन्टियर समुह बिरगंजका संयोजक राजन श्रीवास्तवलाई सम्मान पनि गरेको थियो ।
कलेजका प्राचार्य हरिरत्न तुलाधरले स्वागत मन्तव्य राख्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *