Rato Pana
खेलकुद

तेक्वान्दो महासंघको प्रदेश सचिवमा सिंह

Advertise: Advertise: Advertise:

अमित अग्रवाल

वीरगन्ज ।
नेपाल तेक्वान्दो महासंघ (एनटिएफ)ले प्रदेश नं.२ को सचिवमा बीरगंज १८ का प्रमोद सिंहलाई मनोनीत गरेको छ ।

सचिव सिंह लामो समयदेखी नेपाली मार्शल आर्टस् क्षेत्रमा क्रियाशिल छन् । खेलको प्राविधिक एवं ब्यवसस्थापकिय क्षमता भएका सिंहको महासंघमा आगमनले प्रदेश नंं. २ मा तेक्वान्दोको विकास र विस्तार तिव्र रुपमा हुने अपेक्षा गरिएको महासचविव सुदिपचन्द्र बख्रेल बताए ।

नेपाल तेक्वान्दो महासंघले अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ(आइटिएफ) पोल्याण्ड, विश्व सङमोक्वान संघ(अमेरीका), तेक्वान्दो अन्तर्राष्ट्रिय(बेलायत), अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ युनियन(आयरल्यान्ड), अन्तर्राष्ट्रिय परम्परागत तेक्वान्दो महासंघ(स्पेन) र विश्व तेक्वान्दो परिषद(जर्मनी) बाट सम्बन्धन पाएको छ । महासंघमा नेपाल परम्परागत तेक्वान्दो महासंघ, इन्टरनेशनल चाङहोन तेक्वान्दो महासंघ नेपाल, आइटिएफ नेपाल, नेपाल सङमोक्वान संघ र साङरोक नेपाल तेक्वान्दो एकेडेमी लगायतका तेक्वान्दो संघहरु आबद्ध रहेको महासचचिव बख्रेलले बताए ।

Advertise:

Related posts

Leave a Comment