Categories राजनीति

राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साको जिल्ला अधिवेशन सम्पन्न , अंगद ठाकुर अध्यक्षमा निर्बिरोध निर्वाचित ।

वीरगन्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साको जिल्ला अधिवेशन बिरगंजको तेजारथ टोलमा अवस्थित शाहदरबार पाटी प्यालेसमा सम्पन्न भएको थियो । पार्टीका नेता अंगद ठाकुरको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश नं.२ को प्रदेश अध्यक्ष रामचन्द्र राय, केन्द्रीय कार्य सम्पादन समितिको सदस्य जनकराज पाठक, श्याम तिमिल्सिना, रामबहादुर थापा, केन्द्रीय सदस्य तथा पुर्व जिल्ला सभापति शम्भु प्रसाद चौरसिया, गया हजरा दुसाध, बिश्वनाथ साह, नगिना यादव, लगायतको उपस्थिति रहेको थियो ।

जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै बिभिन्न बक्ताहरुले यो देशलाई नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीले देसलाई बर्बाद पारी यहाँ भएका विभिन्न उधोग कलकारखानहरुलाइ बन्द गराइ जनतालाई बेरोजगार बनाएको कारण हाम्रो देशका युवाहरु खाडी मुलुक बिदेश पलायन भएकोले यहाका जनताहरू दुख भोगनु परेको हाे ।

Advertisement

साथै नेपालमा धर्म निरपेक्ष लागु गर्ने नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादीका नेताहरुले बिदेशीको इसारामा धर्म निरपेक्ष लागु गरेकोले त्यस्ता ब्यत्किहरुलाइ भोट समेत नदिने गरि टोट टोल, गाउँ गाउँ, सहर सहरबाट बहिस्कार गर्ने आहवान गरेको थियो । साथै राष्ट्रिय प्रजातन्त्र पार्टीलाइ सहयोग गरी हिन्दु राष्ट्र र राजसंस्थाको हरेक ठाउबाट सहयोग गर्ने बक्ताहरुले आग्रह गरेका थिए ।

Advertisement

अधिवेशनबाट पार्टीका निर्वाचन समितिको अध्यक्ष पृथक प्रसाद घिमिरेका अनुसार अध्यक्षमा अंगद ठाकुर निर्विरोध निर्वाचित हुनुभएको छ भने सदस्यहरुमा अजय पौडेल, अवधकिसोर साह, शम्भु प्रसाद चौरसिया, बिरेन्द्र यादव, रोसन यादव, पवन प्रसाद साह, चन्द्रिका सहनि, गया हजरा दुसाध, विश्वनाथ साह लगायत निर्वाचित हुनुभएको छ ।

निर्वाचित हुनुभएको पदाधिकारीहरुलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेस न.२ को प्रदेस प्रमुख रामचन्द्र राय र महिला केन्द्रीय सदस्य शान्ति केशीले फुलमाला टिका लगाएर स्वागत गरेका थिए । साथै स्वागत मन्तब्य पार्टीका केन्द्रिय सदस्य शम्भु प्रसाद चौरसियाले गरेका थिए । कार्यक्रमको सहजीकरण पार्टीका जिल्ला सचिव अजय पौडेलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *