Categories Uncategorized समाचार

मुस्कानलाई एसिड प्रहार गर्ने अभियुक्त सम्साद २ दिन मै रिहा।

पर्सा । मुस्कान खातुनलाई एसिड प्रहार गर्ने अभियुक्त सम्साद मियाँ २ दिन मै रिहा भएका छन् ।

मियाँ पक्राउ परेको पर्सा जिल्ला अदालतको २०७७ फागुन २६ गतेको फैसला अनुसार १ वर्षको कैद सजाय तोकिएका सम्साद बाँकी ५ महिना १६ दिनको कैद भुक्तान नै नगरी पक्राउ परेको २ दिन मै रिहा भएका हुन् । बालसुधार गृहमा ६ महिना १४ दिन मात्र बसेका सम्सादलाई अदालतको आदेशमा प्रहरीले असोज १५ मा रिहा गर्यो ।

Advertisement

अदालतको फैसलापछि फरार रहेका सम्सादलाई प्रहरीले बाँकी ५ महिना १६ दिनको कैद भुक्तानका लागि यही असोज १३ गते उनकै घरबाट पक्राउ गरेको थियो । भोलिपल्ट असोज १४ गते प्रहरीले उनलाई अदालतमा पेस गरेको थियो । 

Advertisement

तर, अदालतले प्रतिवादी सम्सादले अदालतको फैसला उपर चित्त नबुझी पुनरावेदन गर्न पाउने म्याद (७० दिन) बाँकी रहेको भन्दै छोड्न आदेश दिएपछि पर्सा प्रहरीले उनलाई असोज १५ गते साँझ रिहा गरेको हो । 

तर, पछिल्लो पटक पक्राउ परी थुनामा बसेको २ दिनमै अदालतले सम्सादलाई प्रहरी थुनामा राख्न नपर्ने भन्दै प्रहरीलाई आदेश दिएपछि उनी रिहा भएका हुन् । 

पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले असोज १३ मा पक्राउ परेका सम्साद अदालतकै आदेशमा असोज १५ गते रिहा भएको बताए । 

२०७६ भदौ २० गते मुस्कानमाथि मजिद मियाँसँग मिलेर सम्सादले नै मुस्कानमाथि एसिड प्रहार गरेका थिए ।  घटना भए लगत्तै पक्राउ परेका दुवै नाबालक देखिएकाले अदालतले दुवैलाई पुर्पक्षका लागि बालसुधार गृहमा पठाएको थियो । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *