Categories Uncategorized समाचार

मुस्कानलाई एसिड प्रहार गर्ने अभियुक्त सम्साद २ दिन मै रिहा।

Advertisement

पर्सा । मुस्कान खातुनलाई एसिड प्रहार गर्ने अभियुक्त सम्साद मियाँ २ दिन मै रिहा भएका छन् ।

मियाँ पक्राउ परेको पर्सा जिल्ला अदालतको २०७७ फागुन २६ गतेको फैसला अनुसार १ वर्षको कैद सजाय तोकिएका सम्साद बाँकी ५ महिना १६ दिनको कैद भुक्तान नै नगरी पक्राउ परेको २ दिन मै रिहा भएका हुन् । बालसुधार गृहमा ६ महिना १४ दिन मात्र बसेका सम्सादलाई अदालतको आदेशमा प्रहरीले असोज १५ मा रिहा गर्यो ।

Advertisement

अदालतको फैसलापछि फरार रहेका सम्सादलाई प्रहरीले बाँकी ५ महिना १६ दिनको कैद भुक्तानका लागि यही असोज १३ गते उनकै घरबाट पक्राउ गरेको थियो । भोलिपल्ट असोज १४ गते प्रहरीले उनलाई अदालतमा पेस गरेको थियो । 

तर, अदालतले प्रतिवादी सम्सादले अदालतको फैसला उपर चित्त नबुझी पुनरावेदन गर्न पाउने म्याद (७० दिन) बाँकी रहेको भन्दै छोड्न आदेश दिएपछि पर्सा प्रहरीले उनलाई असोज १५ गते साँझ रिहा गरेको हो । 

तर, पछिल्लो पटक पक्राउ परी थुनामा बसेको २ दिनमै अदालतले सम्सादलाई प्रहरी थुनामा राख्न नपर्ने भन्दै प्रहरीलाई आदेश दिएपछि उनी रिहा भएका हुन् । 

पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले असोज १३ मा पक्राउ परेका सम्साद अदालतकै आदेशमा असोज १५ गते रिहा भएको बताए । 

२०७६ भदौ २० गते मुस्कानमाथि मजिद मियाँसँग मिलेर सम्सादले नै मुस्कानमाथि एसिड प्रहार गरेका थिए ।  घटना भए लगत्तै पक्राउ परेका दुवै नाबालक देखिएकाले अदालतले दुवैलाई पुर्पक्षका लागि बालसुधार गृहमा पठाएको थियो । 
 

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *