Categories अर्थ हाइलाइट-समाचार

अध्यक्ष गुप्ताले मानार्थ विद्यावारिधी लिन करिब ७ लाख खर्च गरेको आरोप

Advertisement

पर्सा । वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध कुमार गुप्ताले मानार्थ विद्यावारिधी करिब ७ लाख रुपैयामा खरिद गरेको आरोप लागेको छ । विद्यावारिधीका लागि अध्यक्ष गुप्ताले संघको विधान विपरित वीरगन्ज उद्योग वाणिज्य संघको खाताको रकम खर्च गरेका चर्चा चलेको छ ।

गुप्ताको निर्देशनमा गत भदौ २८ मा संघको विधान विपरित पूर्व स्वीकृति वा निर्णय नगरी संघको खाताबाट ४ लाख ३४ हजार ४ सय १६ भारतीय रुपैया भारतको अहमदाबाद स्थित एक कन्सलटेन्टलाई किन पठाइएको खुल्न सकेको छैन । रकम पठाएपछि मात्र गुप्ताले संघका अन्य पदाधिकारीलाई यसबारे जानकारी गराएका थिए । पदाधिकारीले यो विषयलाई संघको कार्यसमिति बैठकमा छलफल गर्नुपर्ने सुझाव दिएका थिए ।

Advertisement

‘अध्यक्षले विद्यँवारिधी पाइरहेको जनाएपछि हामीले शुभकामना दियौ“,’ संघका एक पदाधिकारी भन्छन्, ‘तर, पैसाको हकमा कार्यसमिति बैठकमा छलफल गर्नुपर्ने भनेका थियौ“, असोज ७ मा बोर्ड बैठक राख्ने सल्लाह भएको थियो, बैठक नै नबसि भोलि पल्ट उहा परिवार सहित दुबई जानु भयो ।’ संघका अध्यक्ष सुवोध कुमार गुप्तालाई फ्रान्सको यूरोपियन इन्टरनेशनल युनिभर्सिटीले मानार्थ विद्यावारिधी प्रदान गरेको हो ।

Advertisement

युनिभर्सिटीले गत असोज १२ गते दुबईमा उक्त पद्धवी प्रदान गरेको हो । गुप्तालाई ग्लोबल लिडरशीप एण्ड म्यानेजमेन्ट अन्तर्गत सामाजिक, व्यावसायिक र आर्थिक क्षेत्रमा पुयाएको योगदानको कदर गर्दै विद्यावारिधी दिइएको जनाइएको छ । फ्रान्सको युनिभर्सिटीले दुबईमा विद्यावारिधी प्रदान गरेपनि ७ लाख रुपैया भने अहमदाबादको कन्सलटेन्टलाई बुझाइएको छ ।

जानकार अनुसार भारतमा मानार्थ विद्यावारिधीको नाममा लाखौ रुपैया कुम्ल्याउने गिरोह नै सक्रिय छन् । संघका एक वरिष्ठ पदाधिकारी भन्छन्, ‘उनीहरुलाई पैसा पठाइदिएपछि विश्वका नाम चलेका युनिभसिटीको मानार्थ विद्यावारिधी दिलाइ दिन्छन् ।’ विद्यावारिधी दिलाईदिने भारतीय गिरोहले संघका यस अघिका अध्यक्षहरुलाई पनि निश्चित रकम दिएपछि मानार्थ विद्यावारिधी प्राप्त हुने अफर दिएका थिए ।
तर, विगतका अध्यक्षहरुले लाखौ रुपैया खर्च गरेर मानार्थ विद्यावारिधी लिनेमा कुनै चासो देखाएनन् ।

ती वरिष्ठ पदाधिकारीले भने, ‘अध्यक्षजीले विद्यावारिधीका लागि आफ्नो नीजि पैसा खर्च गर्नुपथ्र्यो, संघको पैसा उहाको पेवा हैन् ।’ विद्यावारिधीका लागि भारत पठाएको रकम पनि अध्यक्ष गुप्ताले झुक्याएर पठाएका छन् । ‘संघको महालक्ष्मी विकास बैंकमा रहेको खाताबाट ग्लोबल बैंकमा पैसा ट्रान्सफर गर्ने भनेर तयार पारिएको निवेदन फारामको पछिल्लो लाइनमा रकम ‘स्विफट’ गर्ने लेखिएको रहेछ,’ एक सदस्यले भने ।

बढ्दो आर्थिक अराजकता

वीरगन्ज उद्योग वाणिज्य संघको विधानले अध्यक्षलाई एक चोटीमा एकजनालाई ५ हजार रुपैयासम्मको आर्थिक सहयोग दिन सक्ने अधिकार दिएको छ ।
त्यो भन्दा बढी रकम कार्यसमितिको अनुमति बिना वितरण गर्न मिल्दैन् । तर, अध्यक्ष गुप्ताले कार्य समिति वा पदाधिकारीको सल्लाह बिनानै आफू निकटका व्यक्तिलाई पटक पटक ५ हजार रुपैयाभन्दा बढी रकम सहयोग गर्दै आएका छन् ।

‘अध्यक्षले संघको अधिकार क्षेत्र बाहिर गई लाखौ रुपैया गैर कानुनी खर्च गरेको र संघलाई आर्थिक अराजकतामा लैजाने कार्य गरेका छन्, संघका एक कार्यसमिति सदस्यले भने, ‘संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरु अध्यक्षको संघ डुबाउने यस्तो कार्यबाट आक्रोशित छन् ।

यसै बिषयमा रातोपानाकर्मीले संघका अन्य सदस्यहरूसंग वाहाहरूको धारणा बुझ्न खोज्दा कतीले बोल्न चाहेन्न, कोई आफु बिदामा रहेकोले केहि जानकारी नभएको बताए साथै अध्यक्ष गुप्तासंग पनी सम्पर्क हुनसकेन ।

उनी विदेशमा रहेकाले फर्किए पछि विधानत उनलाई महाअभियोग लगाउन सक्ने बारे अनौपचारिक छलफल समेत भइरहेको बताइएको छ । ’ सन् २००४ देखि संघमा सक्रिया रहेका गुप्ता अहिले नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य तथा बैंकिङ, फाइनान्स र बीमा समितिका सहसंयोजक र नेपाल चामल, दाल र तेल उद्योग संघका अध्यक्ष पनि छन् ।

औद्योगिक तथा व्यापारिक समूह मोहित ग्रुपमा प्रबन्ध निर्देशक रहेका गुप्ता नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २, वीरगन्जको रेलवे मावि र नेपाल रेडक्रस सोसाइटी पर्साका सल्लाहकार पनि हुन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *