Categories समाचार स्वास्थ्य

पर्सामा लागु औषध सहित काठमाण्डौका खत्री र हेटौँडाका गुरुङ पक्राउ ।

Advertisement

वीरगंज । पर्सा प्रहरीले विभिन्न किसिमका लागु औषध सहित २ जनालाई नियन्त्रणमा लिएको छ।

सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा आज दिनको अन्दाजी २ बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६ शंकराचार्य गेट स्थित पक्राउ परेका हुन ।

Advertisement

प्रहरी चौकी ईनर्वाबाट खटिएको टोलीले शंकितरूपमा पैदल हिँडिरहेका जिल्ला काठमाण्डौ तारकेश्वर नगरपालिका वडा नं. ८ मनमैँजु बस्ने वर्ष २६ का रविन्द्र खत्री र जिल्ला मकवानपुर हेटौँडा उ.म.न.पा. वडा नं. १६ बस्ने वर्ष १९ का राकेश गुरुङलाई शंका लागी रोकी जाँच गर्दा तिनहरूले लगाएको पाइन्टको गोजीमा लागु औषध फेला परेपछि पक्राउ परेका हुन ।

Advertisement

पत्रिकामा बेरी लुकाइछिपाई ल्याएको लागु औषध डाईजेपाम १०० एम्पुल, नुर्फिन १०० एम्पुल, फेनार्गन १०० एम्पुल गरी जम्मा ३०० एम्पुल फेला परेकोले लागु औषधहरू बरामद गरी हरूलाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *