Categories समाचार

सेन्चुरीको असामयिक निधन प्रति प्राज्ञिक विद्यार्थी परिषद द्धारा श्रद्धाञ्जली अर्पण

पर्सा । हिन्दु स्वंयसेवक संघ नेपालका संभाग प्रचारक राधेश्याम सेन्चुरी ज्यूको भएको असामयिक निधन प्रति हिन्दु स्वयंसेवक तथा प्राज्ञिक विद्यार्थी परिषद नेपालले वीरगन्जमा दिप प्रज्वलीत गरी श्रद्धाञ्जली अर्पण गरेको छ ।

वीरगन्जको घण्टाघर चोकमा बुधबार बेलुका हिन्दु स्वयंसेवक तथा प्राज्ञिक विद्यार्थी परिषदका कार्यकर्ताहरुले सेन्चुरी ज्यूको तस्बीरमा माल्यार्पण तथा मैनबति बालेर दिप प्रज्वलीत गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरेका हुन ।
श्रद्धाञ्जली अर्पण कार्यक्रममा परिषदका राष्ट्रिय सचिव धनश्याम नायक, नगर अध्यक्ष पल्लवी हरलाल्का, राष्ट्रिय छात्रा प्रमुख लक्ष्मी कर्ण, जानकी प्रदेश छात्रा प्रमुख सुष्मा तिवारी, संघका जनकपुर सम्भाग रन्जित साह लगायतले सेन्चुरी ज्यूको भएको असामयिक निधन प्रति शोक अर्पण गर्दै उनले समाज र राष्ट्रको लागि पुर्याएको योगदान बारे चर्चा गरेका थिए ।

Advertisement

राधेश्याम सेन्चुरी हिन्दु स्वयंसेवक संघ नेपालको विराटनगर संभाग प्रचारक रही नेपालगन्ज संभाग प्रचारकको योजनामा आफनो दायित्व निर्वाह गर्दै आएका थिए । उनले संगठन, समाज र राष्ट्रका लागि पुर्याएको योगदान कहिल्ये विर्सने नसकिने स्वयंसेवकहरु बताउँछन । प्राज्ञिक विद्यार्थी परिषद नेपाल प्रदेश १ र २ को संगठन सचिव ज्यूको रुपमा समेत काम गरीसकेका सेन्चुरीको मंगलबार राती सुति रहेको बेला उनको निधन भएको थियो । चिकित्सकले हृदयघातका कारण उनको मृत्यु भएको पुष्टि समेत गरीसकेको छ ।

Advertisement

उहाँको असामहिक दुःखद निधन भएको खवरले संघ परिवारलाई शोकसंतप्त भै स्तब्ध बनाएको छ । उनको आत्मले स्वर्गमा बास पाओस र भगवान पशुपतिनाथ सँग कोटि–कोटी प्रार्थना गर्दै शोकसंतप्त परिवारजन एवं आत्मीय सम्पुर्ण चित–परिचितहरुलाई धैर्यधारण गर्न शक्ने शक्ति प्राप्त होस भन्दै भावपुर्ण समवेदना सहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *