Categories समाचार

बन्दुक देखाएर लाखौँको लुटपाट

वीरगन्ज । महोत्तरीजिल्लाको जलेश्वर नगरपालिका वडा नम्बर ९ फुल्हट्टा गाउँमा बिहिवार बिहान लुटेराको समूहले बन्दुक देखाएर लाखौँको लुटपाट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महाेत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय कैलाश सिंहको घरमा निजकी आमा ७० वर्षीया मनदोदरीदेवी सिंह एक्लै सुतिरहेको अवस्थामा बिहान ३ः ०० बजेको समयमा घरको बाहिरी ढोका फोरेर घरभित्र पसी चार जनाको समूहमा आएका बन्दुकधारी व्यक्तिले गरगहना लुटपाट गरी लगेका छन् ।

Advertisement

लुटेराले बिष्टको घरबाट नाकको फुली दुई थान, सुनको बाला, सुनको सिक्रीसहित रु पाँच लाख बढीको गरगहना लुटेर लगेको प्रहरीले जनाइएको छ । घटना आज बिहान ३ बजे भए पनि छिमेकीले ढिलो गरी थाहा पाएपछि प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले अहिले लुटेराको खोजतलास व्यापकरुपमा गरिरहेको जनाइएको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *