Categories अर्थ समाचार

तिन लाख अठ्ठहतर हजार रकमसहित हुण्डी कारोबार गर्ने भारतका एक पक्राउ

Advertisement

वीरगंज । पर्सा प्रहरीले तिन लाख अठ्ठहतर हजार रकमसहित हुण्डी कारोबार गर्ने एक जनालाई पक्राउ  गरेको छ।   

हिजो बेल्काको ४ बजे यस कार्यालय प्रहरी चौकी ईनर्वा पर्साबाट वीरगञ्ज म.न.पा.वडा नं.१६ शंकराचार्य गेटमा खटिएको नियमित चेकिङ टोलीले भारत बिहार राज्य ग्राम पञ्चायत रक्सौल-४ बस्ने अन्दाजी बर्ष २५ का सुजित कुमार गुप्तालाई पक्राउ गरेको छ ।

Advertisement

भारतबाट वीरगञ्जतर्फ आउँदै गरेको BR22E 2763 नम्बरको भारतीय स्प्लेण्डर मोटरसाइकललाई रोकी जाँच गर्दा मोटरसाइकलमा सवार गुप्ताको साथबाट श्रोत नखुलेको नेपाली रू.३,७८,०००।– (तिन लाख अठ्ठहतर हाजर) फेला परेको हुँदा उक्त रकम बरामद गरी उल्लेखित मोटरसाइकल सहित गुप्तालाई नियन्त्रणमा राखी बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको व्यहोरा सूचित गरिन्छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *