Categories समाचार

बुटवलमा प्रहरी र ‘सुकुम्वासी’ बीच झडप, चारको मृत्यु

रुपन्देहीको प्रस्तावित मोतीपुर औद्योगिक क्षेत्रमा ‘जग्गा कब्जा गर्न गएका सुकुम्वासी’ र प्रहरीबीचको झडपमा कम्तीमा चार जना मारिएको अधिकारीहरूले बताएका छन्।

दुवै पक्षका कैयौँ घाइते भएका बताइएको छ।

Advertisement

बुटवलको मोतीपुरमा विवादास्पद जग्गाको विषयलाई लिएर प्रहरी र स्थानीय बासिन्दाबीच भएको विवादले उग्र रुप लिए पछि प्रहरीले गोली चलाएको बताइएको छ।

Advertisement

उक्त झडपमा चार जनाको मृत्यु भएको छ तर उनीहरू को को हुन भनेर सनाखत गर्न बाँकी रहेको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेले बीबीसीलाई बताए।

बुटवल झडप

मृतकका शवहरू अहिले युनिभर्सल मेडिकल कलेज भैरहवामा राखिएको छ।

सो जग्गामा करिब एक साता अगाडिदेखि मानिसहरूले बसोबास गर्ने प्रयास गरेका थिए।

उनीहरूलाई उक्त स्थानबाट हटाउन प्रयास गर्दै आएको प्रशासनले उनीहरू हट्न नमानेपछि आज बल प्रयोग गरेको बताइएको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बुटवल उपमहानगरपालिका वडा नम्बर १८ र १९ मा पर्ने प्रस्तावित औद्योगिक कोरिडोर क्षेत्रको जग्गा अतिक्रमण गरी बस्ती बसाल्ने योजना बनाइएकोमा विगत केही दिन यता सुरक्षा व्यवस्था मजबुत बनाइएको उल्लेख गरेको छ।

तर अवस्था नियन्त्रण बाहिर जाने र शान्ति सुव्यवस्थाको समेत जोखिम देखिने भएपछि आइतवार दिउसो चार बजेबाट अनिश्चितकालका लागि कर्फ्यु लगाइएको प्रशासनको भनाइ छ। BBC बाट्ट संभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *