वीरगंज । पर्सा जिल्लाको वीरगंज स्थित रहेको विश्व प्रसिद्ध गहवा माईको मन्दिरमा महाअष्टमीको अवसरमा दिइने पशुबली आज चढाईदै छ।

यसअघि नै भाकल गरिसकेका भक्तजनहरुले पशुबली दिन खसी, बोका, कुखुरा, हाँस लिएर मंगलबार रातीनै मन्दिरमा पुगाइसकेका थिए ।

स्वास्थ्य सुरक्षाका मापदण्डको पालन गरी पशु बली दिइने व्यवस्था मिलाईए पनी कोरोना कालमा मन्दिर बन्द रहेकोले यस वर्ष बली दिनेको सख्या बढी भएकोले ठेलमठेलको अवस्था सृजना भएको देखियो ।

स्थानीय लगायत देश बिदेश बाट्ट धार्मिक आस्था भएका भक्तजनले भाकल पुरा गर्न बली चढाउन आउन पुजारी बताउछन। गहवामाईको मन्दिरमा हरेक वर्ष महाअष्टमीका दिन पशुबली दिने गरिन्छ ।







