Categories हाइलाइट-समाचार

८ जिल्लामा सिडिओ हेरफेर (सुची सहित)

काठमाडौं : गृह मन्त्रालयले ८ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) को हेरफेर गरेको छ। असोज ३१ गतेको गृहमन्त्री स्तरीय निर्णयले ८ जिल्लाका सिडिओ जिम्मेवारी हेरफेर गरेको हो। 

गृह मन्त्रालयले किरण थापालाई कैलालीको प्रमुख जिल्ला अधिकारी बनाएको छ। त्यस्तै गृहले पाल्पामा जगन्नाथ पन्त, अर्घाखाँचीमा हरि प्रसाद घिमिरे, सिन्धुपाल्चोकमा बेदनिधी खनाललाई प्रमुख जिल्ला अधिकारीकाे जिम्मेवारी दिएको छ। गृहले डोल्पामा बेदनिधी अधिकारी, मुस्ताङमा नेत्र प्रसाद शर्मा, लमजुङमा श्रीनाथ पौडेल र स्याङजामा दिपकराज नेपाललाई प्रमुख जिल्ला अधिकारीकाे जिम्मेवारी दिएको हाे। 

Advertisement

गृहले कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल र स्याङजाका प्रमुख जिल्ला अधिकारी दिपकराज पौडेललाई मन्त्रालयमा तानेको छ। 

Advertisement

यस्तै गृहले डोल्पाका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढकाललाई राष्ट्रिय विपद प्राधिकरणमा सरुवा गरेको छ। संभार अन्नपुर्ण पोस्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *