Categories समाचार

सिटिजन बैंकबाट नगद लुटपाटमा संलग्न थप १ जना पक्राउ

मोरङ । धनपालथान गाउँपालिका-४ स्थित कर्सियाको बिपि चोकमा रहेको सिटिजन बैंकबाट गत असोज २५ गते नगद लुटपाट भएको घटनामा संलग्न रहेको अभियोगमा भारत फारवेसगञ्ज-१० बस्ने २० वर्षीय रोशन यादवलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । साथै सोही घटनामा संलग्न अन्य ३ जनालाई सोही दिन साँझ प्रहरीले पक्राउ गरेको थियो ।

उक्त बैंकबाट नगद लुटपाट गरेको घटनामा संलग्न रही फरार रहेका राशनलाई सुनवर्षी नगरपालिका-८ सिक्टी नेपाल चोक नजिकबाट प्रहरीले पक्राउ गरेको हो । साथै सोही घटनामा संलग्न रही गत असोज २५ गते पक्राउ परेकामध्ये श्याम मुखियाको कोठाबाट १ थान पेस्तोल, १ थान म्याग्जिन र ५ सय ग्राम अवैध लागूऔषध गाँजा समेत प्रहरीले बरामद गरेको छ ।

Advertisement

साथै बिराटनगर महानगरपालिका-७ स्थित सेन्ट्रल मल अगाडि रहेको कोटेक्स ट्रेडिङ सप्लायर्सका संचालकलाई हातहतियार देखाई नगद १२ हजार रुपैयाँ लुटपाट गरेको घटनामा समेत सोही समूहका सदस्यहरुको संलग्नता रहेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Advertisement

यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *