Categories समाचार स्वास्थ्य

नेरेसो पर्सा जिल्ला शाखामा कण्डम दिवस मनाउने बारे बैठक सम्पन्न ।

Advertisement

पर्सा । प्रत्येक वर्ष कोजाग्रत पुर्णिमाको पहिलो शनिबारका दिन मनाउने गरिएको कण्डम दिवस मनाउने परम्परा रहेकोमा यस वर्श पनि कण्डम दिवस २०७८ मनाउनका लागि बैठक सम्पन्न भएको छ ।

नेपाल रेडक्र्स सोसाइटी पर्सा शाखाका लेखाअधिकृत बिरसमसेर प्रसाद कुर्मिको अध्यक्षतामा भएको बैठकमा बिजामका निरज शाहले कार्यक्रम बारे प्रकाश पार्नुका साथै विभिन्न संस्थाले गर्नु पर्ने दायित्व एवं जिम्मेवारी बाडफाड गर्नु भयो ।

Advertisement

सोसाईटीको सभाहलमा भएको बैठकमा सो दिवसको अवसरमा प्रभातफेरी बिहान ७:३० बजे घण्टाघर देखि आदर्शनगर नगरपरिक्रमा गरि पुन घण्टाघरमा कोणसभामा परिणत हुने र कण्डम साथै पर्चा पम्पलेट बितरण गरि जनचेतना फैलाउने जस्ता कार्य गर्ने बैठकमा निर्णय गरियो ।

Advertisement

रेडक्रसका बिरसमसेर प्रसाद कुर्मी, राजन श्रीवास्तव, बिजामका निरज साह, उषा किरण चौधरी, सरिता श्रेष्ठ, भोलेन्टियर टिमको श्याम सारर्फ, राहुल गुप्ता, सन्जय दत्त,  शनि गुप्ता, कालू लामा, सुरज लिम्बू, बिधानन्द साह, विशाल कुमार गुप्ता, जटाशन्कर प्रसाद साह, अवधेस प्रसाद साह, सुमन चन्द्र ठाकुर लगायतको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *