Categories समाचार

ठगी गरेको अभियोगमा प्रोग्राम कोडिनेटर जयसवाल पक्राउ

Advertisement

रौतहट । अबैध रुपमा रकम उठाई ठगी गरेको अभियोगमा बौधीमाई नगरपालिका-१ बस्ने दलित जनजाती उथान केन्द्र कलैया बाराका प्रोग्राम कोडिनेटर २४ वर्षीय बिकेश जयसवाललाई ठगी गरेको नगद ६० हजार ७ सय रुपैयाँ सहित सोमबार प्रहरीले पक्राउ गरेको छ ।

कोभिड-१९ ले अफ्ठ्यारोमा परेका विभिन्न महिलाहरुको लागि मानविय सहायता स्वरुप यूएनडिपीले प्रभु बैंक शाखा कार्यालय गौर रौतहटमार्फत पठाएको रकम निकाल्न आएका मानिसहरुसँग बिकेशले नगद ३ हजार/३ हजार ३ सयका दरले अबैध रुपमा पैसा उठाई ठगी गरिरहेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले सोही बैंकको गेट अगाडिबाट उनलाई फेला पारी जाँच गर्ने क्रममा झोलाभित्रबाट आपराधिक लाभ (एक्सटर्सन) लिने मनसायले ठगी गरेको उक्त रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

Advertisement

उनी उपर जिल्ला अदालत रौतहटबाट म्याद थप लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *