Categories समाचार

पर्सा प्रहरी द्वारा जुवा खेल्ने १२ जना पक्राउ ।

वीरगंज । प्रहरीले पर्साकाे पर्सागढी नगरपालिका वडा नं.९, बरेवाबाट जुवा खेल्ने एक दर्जन ब्यक्तिहरुलाई पक्राउ गरेकाे छ ।

जिल्ला प्रहरी कार्यालय पर्सा र अस्थायी प्रहरी पोष्ट मनवाबाट खटिएको टोलीले पर्सागढी नगरपालिका वडा न‌ं‍‍. ३ निवासी ३० बर्षिय कोशिया ठाकुर, २६ बिर्षिय बिरेन्द्र सहनी, २९ बर्षिय सुरेश साह,  वडा नं. १ निवासी २४ बिर्षिय गोवर्धन राम, ३२ बर्षिय प्रमाेद ओझैया, वडा न‌ं. २ निवासी ३६ बर्षिय माेतिलाल चाैधरी, सखुवा प्रसौनी गाउँपालिका वडा नं. १ निवासी ३४ बर्षिय दिनेश दास थारु, ३६ बर्षिय राकेश ख्वास थारु, पटेर्वा सुगाैली गाउँपालिका वडा न‌ं. १ निवासी ३५ बर्षिय ज्वाला गिरी, बाराकाे जितपुर सिमरा उपमहानगरपालिका वडा नं. ७ निवासी ३० बर्षिय नन्दु मुखिया, २२ बर्षिय प्रमाेद राउत, सिम्रोनगढ नगरपालिका वडा नं. १ निवासी २५ बर्षिय अनिल जयसवाललाई पक्राउ गरेकाे हाे ।

Advertisement

सूचना परिचालन र प्रहरी कारवाहीको सिलसिलामा बिहिबार राती १० बजेको समयमा पर्सागढी नगरपालिकाकाे वडा नं.९, बरेवास्थित नन्दलाल दासको गाईगोठमा जुवातास खेलिरहेको सूचनाको आधारमा खटिएको टोलीले जुवा खालबाट नगद रू. एक लाख ७१ हजार एक सय बैसठ्ठी र १७ बुक ताससहित १२ जनालाई नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

Advertisement

पक्राउ परेकाहरुकाे विरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरूद्धको कसूर (जुवा) अन्तर्गत अनुसन्धान अगाडि बढाइएको व्यहोरा जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

साथै जुवातास खेल्ने खेलाउने जस्ता सामाजिक विकृतिजन्य कसूर नगर्न तथा कुनै पनि स्थानमा भइरहेको थाहा भएमा प्रहरीलाई सूचना दिई यस्ता क्रियाकलाप नियन्त्रण गर्ने अभियानमा सहयोग गर्न प्रहरीले सबैमा अनुरोध गरेकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *