Categories समाचार

नेपाली काङ्ग्रेस पर्साले प्रजिअ मार्फत अर्थमन्त्रीलाई ज्ञापनपत्र ।

बिरगंज । नेपाली काङ्ग्रेस पर्साले प्रजिअ मार्फत ज्ञापनपत्र हस्तान्तरण गरेको छ। नेपाली काङ्ग्रेस पर्साका सभापती अजय कुमार दिवेदीको नेतृत्वमा गएको टोलिले नेपाली हरुको महान पर्व छठको झझल्को देखिने सिक्काहरु प्रकाशन गर्नका लागि

अर्थमन्त्री जनार्दन शर्मा “प्रभाकर” सङ्ग माग गरेको ज्ञापनपत्र पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल लाई बुझाएको छ । नेपाली हरुको विभिन्न चाडपर्वको अवसरमा नेपाल राष्ट्र बैंकले पर्वको झझल्को देखिने गरि सिक्काहरु प्रकाशन गर्दै आएको छ ।

Advertisement

सो अवसरमा सभापती दिवेदिले नेपालिहरुको महान पर्व छठको महिमा अत्यन्तै प्रसिद्ध रहेकोले यसको ब्यापकता एवम सार्थकतालाई सरकारले पनि जनचाहना बमोजिम सम्मान गर्न सिक्काको प्रकाशन गरिदिन हामिले जोडदार माग गरेका छौ साथै प्रजिअ लगायत जिल्ला प्रशासन कार्यालय पर्सा परिवार एवम सम्पुर्ण पर्सावासी तथा देशवासिलाई शुभ दिपावली तथा छठ पर्वको मङ्गलमय शुभकामना पनि व्यक्त गरेको छ ।

Advertisement

नेपाली काङ्ग्रेस पर्साका सभापती दिवेदिले प्रजिअ ढकाललाई सो ज्ञापनपत्र बुझाएका थिए भने सचिव श्याम पटेलले सो ज्ञापनपत्र वाचन गरेका थिए । सो अवसरमा नेका पर्सा क्षेत्र १ का सभापती बिजय सरार्फ , महिला संघ पर्साका अध्यक्ष बिधा श्रेष्ठ , प्रेमचन्द दुबे, प्रेम शन्कर सिंह , हुकुम सिंह , अरविन्द गुप्ता, भवानी घिमिरे ,धिरज गुप्ता ,राहुल गुप्ता लगायतको उपस्थिति रहेको थियो ।

सो अवसरमा प्रजिअ ढकालले तपाईं हरुको यो माग अत्यन्तै साकारात्मक रहेको र छ्ठ पर्व नेपाल कै महापर्व भएकोले यो ज्ञापनपत्र समेत आजै नै अर्थमन्त्री कहाँ पुर्याउने जानकारी गराउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *