Categories समाचार समाज

अंसारीले आफुलाई यादव बताई विवाह गर्ने प्रलोभनमा जबरजस्ती करणी गरेको आरोपमा पक्राउ ।

Advertisement

पर्सा । अफ्नो परिचय ढाँटी पटक पटक जबरजस्ती करणी गर्ने अन्सारी नियन्त्रणमा। पक्राउ पर्नेमा जिल्ला बारा कलैया उपमहानगरपालिका वडा नं. २१ बस्ने ३८ वर्षका जाहिर अन्सारी रहेका छन ।

बारा घर भई उच्च शिक्षाको लागि बीरगञ्जमा डेरा लिई बस्दै आएकी १९ वर्षीया युवतीलाई विकास यादव भनी परिचय ढाँटी आफू अविवाहित रहेको भनी झुक्याई प्रेम सम्बन्ध गाँसी विवाह गर्ने प्रलोभन समेत देखाई २ वर्ष देखि बीरगञ्जका विभिन्न स्थानमा पटकपटक करणी गरेको पिडितको जाहेरी दरखास्त पछी अन्सारी पक्राउ परेका हुन ।

Advertisement

अन्सारीले आफ्नो मोबाइलले अश्लील फोटो र भिडियो खिचेको र निजले मिति २०७८।०६।२७ गते राति २२.०० बजे पीडित एक्लै भएको मौका छोपी पीडितको डेराकोठामा गई अश्लील फोटो र भिडियो सार्वजनिक गरी भाइरल गरिदिने भनी डरत्रास देखाई अनुचित दबाबमा पारी जबरजस्ती करणी गरेको भन्ने समेत व्यहोराको पीडितले दिएको मिति २०७८।०७।११ गतेको जाहेरी दरखास्तको आधारमा प्रहरीले अन्सारीलाई पक्राउ गरेको छ।

Advertisement

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले सोही दिन १७.०० बजे बीरगञ्ज महानगरपालिका वडा नं.०८ स्थित भारतीय कन्सुलर कार्यालय अगाडिबाट निज अन्सारीलाई नियन्त्रणमा लिई जबरजस्ती करणी सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट दिन ७ म्याद थप गरी अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *