बीरगञ्ज । पर्सा प्रहरीले १६ वर्षीय बालिकालाई जबरजस्ती गर्ने आरोपी २ जनालाई नियन्त्रणमा लिएको छ।
०७८।०७।०९ गते विहान ६:०० बजे पीडित १६ वर्षीया बालिका ट्युसन पढ्न जाने क्रममा बाटो ढुकी निजको हात समाती जबरजस्ती तानेर फोटो स्टुडियोभित्र लगी आवाज बाहिर नसुनियोस् भन्ने उद्देश्यले ठूलो आवाजमा गीत घन्काई भित्रबाट चुकुल लगाई पीडितको लुगा खोली जबरजस्ती करणी गर्न लाग्दा प्रत्यक्षदर्शीमार्फत अभिभावकलाई खबर भएपश्चात् घटना बाहिर आएको हो ।
काननूनबमोजिम कारबाही गरिपाऊँ भन्ने समेत व्यहोराको अभिभावकले ०७८।०७।११ गते दिएको जाहेरी दरखास्तको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले सोही दिन १८.०० बजे जिल्ला पर्सा बीरगञ्ज महानगरपालिका वडा नं.२१ बस्ने २० वर्षीय बिकर ठाकुर हजाम र सोही स्थान बस्ने वर्ष २५ को अनिल महतो कोइरीलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ।

निज हरू माथी जबरजस्ती करणी उद्योग कसूरमा पर्सा जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।






