Categories समाचार

तिलावे पुल निर्माण दबाब समूहले घण्टाघरमा लगाएको बैनर चोरी ।

वीरगंज । तिलावे पुल निर्माण दबाब समूहले घण्टाघरमा लगाएको दबाब बैनर गए राती चोरी भएको छ।

बिभिन्न दलमा आवद्ध युवा एवं समाजसेवीहरु सहितको टोलीले तिलावे पुलमा धर्ना प्रर्दशन, घण्टाघरमा हस्ताक्षर अभियान संचालन गरेको थियो । ज्ञापन पत्र बुझानुको साथै घण्टाघरमा हस्ताक्षर बैनर र दबाब बैनर लगाएको थियो त्यही बैनर चोरी भएको समूहका एक सदस्यले जानकारी गराए । 

Advertisement

समूहका एक सदस्यले प्रश्न गर्दै भने पहिलै बैनरको सुरक्षा गरदिन प्रहरीलाई अनुरोध गर्दा पनी चौबिसै घण्टा प्रहरी रहेको ठाँउमा रहेको बैनर सुरक्षित नरहेको बेला हामी सर्वसधारणको जिव धनको सुरक्षा कस्ले गर्छ?

Advertisement

बैनर चोरी भएपनी आजै अर्को बैनर लगाउने र सिसि टिभी चेक गरि बैनर कस्ले र किन चोरी गरेको बारे बुझेर दण्डित गर्ने योजना रहेको समूहका अगुवा नेता राकेश यादवले जानकारी गराउनु भयो ।

हुलाकी निर्देशनालयले पुलको जिम्मा पप्पु र लुम्बिनी कै भएको र यिनिहरु दुबै जिम्मेवार हुन अर्को तिर यदि पप्पु र लुम्बिनीको आपसी झगडा हो भने त्यो हाम्रो सरोकारको बिषय होइन तसर्थ उनिहरुको आर्थिक लेनदेनमा कुनै फरक भए हाम्रो जिम्मेवारी होइन तर निशकर्शमा तिलावे पुल बनाउनेतर्फ जिम्मेवार कम्पनी एक दुई तीन पप्पु लुम्बिनी जेभी नै रहेको नेता यादवले बताए ।

समुहले ७ दिने कार्यवाहीको सूचना गरेपनी ठेकेदार सम्पर्कमा नआएकोले अब हामी अर्को प्रक्रिया अख्तियार गर्छौ त्यस पछि हामी प्रहरीमा खोजी चिठी काटने छौ समेत नेता यादवले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *