Categories समाचार

निर्वाचन नजिकिए संगै पर्सामा नागरिकता बनाउनेहरुको भीड

पर्सा । निर्वाचन नजिकिँदै गर्दा जिल्ला प्रशासन कार्यालय पर्सामा निर्वाचनलाई लक्षित गरी नागरिकता बनाउनेहरुको भीड लागेको कर्मचारीहरुले बताएका छन् ।

पर्सा जिल्लाको ग्रामीण भेगका स्थानीय तहबाट ट्याक्टर रिजर्भ गरेर पनि स्थानीय राजनीतिक दलका नेताहरुले सेवाग्राहीहरुलाइ लिएर जिल्ला प्रशासन कार्यालयमा आउन थालेको कर्मचारीहरुले जनाएका छन्।

Advertisement

नागरिकता बनाएर मतदाता परिचयपत्र बनाउन आउने सेवाग्राहीहरुको चाप बढेपछि साविकको जनशक्तिले मात्र सेवा प्रवाह गर्न सकश भएको कर्मचारीहरुले बताएका छन् । गाडी नै रिजर्भ गरी एकै पटक धेरै सेवाग्राही आउँदा कोरोनाबाट बच्ने स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन र कार्यालयले प्रवाह गर्ने सेवामा केही तालमेल नमिलेको जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरुले गुनासो गरेका छन् ।

Advertisement

स्थानीय नेताहरुले आफूलाई भोट दिने खालको उमेर समूहका युवायुवती र महिलालाई गाडी रिजर्भ गरी जिल्ला प्रशासन कार्यालयसम्म नागरिकता बनाउन ल्याउने र मतदाता परिचयपत्र बनाइ फर्काउने गरेको कर्मचारीहरुको भनाइ छ । पर्साको बहुदरमाई नगरपालिका–६ का सराजुल मियाले ८÷९ दिनमा बल्ल आफूले नागरिकता पाउन सफल भएको बताउनुभयो ।

यही कुराले पनि जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको कत्तिको भीड छ भन्ने अनुमान लगाउन गाह्रो नभएको जिल्ला प्रशासन कार्यालयमा भेटिएका स्थानीय सुभाष साहले बताउनुभयो । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले सेवाग्राहीको संख्या बढेकोले पनि सेवा प्रवाहमा समस्या भएको र दैनिक अहिले ८० वटासम्म नागरिकता बितरण गरिएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *