Categories हाइलाइट-समाचार

नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाको नँया तदर्थ कार्य समिति गठन ।

Advertisement

वीरगन्ज  । नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका नवनियुक्त पदाधिकारी र सदस्यहरुले शपथ लिएका छन् । आज नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाकै कार्यालयमा आयोजित समारोहमा रेडक्रस सोसाइटी प्रदेश २ का अध्यक्ष फुल महम्मद मियाले पर्सा शाखाका नवनियुक्त जिल्ला सभापति बृजकिशोर पटेलसंगै अन्य पदाधिकारी र सदस्यहरुलाइ पद तथा गोपनीयताको शपथ खुवाउनु भएको हो ।

यसअघि रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष डा. नेत्रप्रसाद तिमलसिनाले एक पत्र पठाउदै वीरेन्द्र राज कडेल सभापति रहनु भएको नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाको कार्य समिति बिघटन गरि बजृ किशोर पटेल सभापति रहने गरि १५ सदस्यिय नयाँ तदर्थ कार्य समिति गठन गर्नु भएको थियो । नयाँ तदर्थ समितिको उपसभापतिमा मधु राणा र कृष्णचन्द्र लामिछाने , मंत्रीमा अरबिन्द सिंह र कोषाध्यक्षमा गोबिन्द देवकोटा रहनु भएको छ ।

Advertisement

यस्तै उपमंत्रीमा भगवान प्रसाद कुर्मी र उपकोषाध्यक्षमा नवनित अग्रवाल तथा सदस्यहरुमा दयाशंकर सिंह, अंजली गर्ग, रोशनी श्रेष्ठ, मदन गुप्ता,बबिता गुप्ता, इजराइल मिया अंसारी, मिनाक्षी कर्मचार्य र तबरेज अहमद रहनु भएको छ । रेडक्रसको प्रचलित बिद्यानको दफा १७ (क) बमोजिम मौजुदा कार्य समिति बिघटन गरी तदर्थ समिति गठन गरिएको पनि रेडक्रस केन्द्रीय समितिले पठाएको पत्रमा उल्लेख छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *