वीरगञ्ज । पर्सा प्रहरीले बिभिन्न लागु औषध सहित २ जना युवालाई नियन्त्रणमा लिएको छ ।
सूचना परिचालन र प्रहरी कारवाहीको सिलसिलामा हिजो साझ अंन्दाजी १५:३० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६ शंकराचार्य गेटमा प्रहरी चौकी ईनर्वा र लागु औषध ब्यूरो पर्साबाट खटिएको संयुक्त चेकिङग टोलीले भारतको रक्सौलबाट नेपालतर्फ शंकितरूपमा पैदल हिडिरहेका दुबै जनालाई नियन्त्रणमा लिएको हो ।
चितवन रत्ननगर न.पा.वडा नं.११ का २२ वर्षिय समिर नेपाली र २८ वर्षिय सुरेश वि.क. लाई रोकी शरीर खानतलासी गर्दा निजहरूले शरीरमा लुकाइछिपाई ल्याएको लागु औषध नाईट्रोभेट ट्याव्लेट ४५० पिस, कोरेक्स सिरप १९ बोतल, डाईजीपाम २५ एम्पुल, नुफ्रिन २५ एम्पुल र फेनरागन २५ एम्पुल गरी जम्मा ७५ एम्पुल फेला परेको थियो ।

उल्लेखित लागु औषधहरू बरामद गरी निजहरूलाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।






