Rato Pana
समाचार

प्रेस सेन्टर नेपाल पर्साको पाँचौ जिल्ला सम्मेलनबाट अध्यक्षमा गौतम चयन ।

बिरगंज। प्रेस सेन्टर नेपाल कार्य समिति , पर्साको पाचौं जिल्ला सम्मेलन आज बिरगंजको होटेल कुम्मु प्यालेसमा सम्पन्न भयो।

सो जिल्ला सम्मेलनले दिपक गौतमको अध्यक्षतामा १७ सदस्यीय कार्य समिति सर्वसम्मत चयन भएको छ । त्यसै गरि उपाध्यक्षमा सोनाम गौतम , उपाध्यक्षमा कृष्णमोहन साह , सचिवमा शिवनाथ यादव , सहसचिवमा राम मण्डल, कोषाध्यक्षमा सुमन खरेल , सदस्यहरुमा समिना रञ्जितकार , मेघराज राय , अनिल साह , प्रणय साह , सनम श्रेष्ठ , माधव तिमिल्सिना, दिगम्बर थापा , सब्दर हुसैन , रितेन्द्र झा चयन भएका छन् भने केन्द्रीय प्रतिनिधिमा नीरज पिठाकोटे मगर , जगत राई र सन्तोष पौडेललाई चयन गरेको छ भने प्रदेश प्रतिनिधिहरुमा शिवनाथ प्रसाद यादव , मूनेश लायो मगर , राम मण्डल , अशोक श्रीवास्ताव र संजित कुमार गुप्तालाई चयन गरेको छ ।

प्रेस सेन्टर नेपाल पर्साका अध्यक्ष निरज पिठाकोटे मगरको सभापतित्वमा भएको सो कार्यक्रमका प्रमुख अतिथि प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य गोबिन्द देवकोटाले बिगतका कमिकमजोरिलाई सुधार गर्दै , आफ्नो कर्तब्य निर्वाह गर्दै , पत्रकारिता आचारसंहितालाई ध्यानमा राखेर ईमान्दारिता पुर्वक कलम चलाउन आग्रह गर्नु भएको थियो ।

कार्यक्रममा बिशिस्ट अतिथिमा जगरनाथपुर गाउपालिकाका अध्यक्ष जालिम मिया , नेकपा माओवादि केन्द्रका पर्सा संयोजक बाबुराम कौशिक , बिरगंज महानगर अध्यक्ष रहबर अन्सारि , कृष्ण उदास खनाल , मगर संघका केन्द्रिय उपाध्यक्ष कमल बहादुर पिठाकोटे मगर , फोनिज पर्साका कार्यवाहक अध्यक्ष अजित भुजेल लगायतकाको सहभागिता रहेको थियो ।

कार्यक्रम सन्चालन प्रेस सेन्टर नेपालका शिवनाथ यादवले गर्नु भएको थियो ।

सम्वन्धित समाचार

Leave a Comment