Categories स्वास्थ्य

३३२ जना सङ्क्रमित थपिए, १ लाख ४७ हजारले लगाए खोप

Advertisement

काठमान्डौं । देशभर थप ३३२ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ९ हजार ९२० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३०५ र एन्टिजेन विधिबाट २७ जनामा सङ्क्रमण पुष्टि भएको हो । 

यही अवधिमा थप २३२ जना सङ्क्रमणमुक्त भएका छन् । नेपाल हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख १ हजार १२२ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९७.७ प्रतिशत रहेको छ । हाल देशभर ७ हजार ३६९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

Advertisement

कोभिड–१९ को सङ्क्रमणबाट थप ४ जनाले ज्यान गुमाएका छन् । हालसम्म देशभर ११ हजार ५१३ जनाले ज्यान गुमाइसकेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ४७ हजार २६२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हालसम्म १ करोड ७३ लाख ४३ हजार ६३९ मात्रा कोरोनाविरुद्धको खोप लगाइसकिएको छ । यसमध्ये ८० लाख ५९ हजार ३०२ जनाले पूर्ण मात्रा र ९२ लाख ८४ हजार ३३७ जनाले कम्तीमा एक मात्रा खोप लगाएको मन्त्रालयको भनाइ छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *