Categories हाइलाइट-समाचार

१५ वर्षिय किशोरीलाई जबरजस्ती करणी गर्ने नियन्त्रणमा

वीरगंज । जबरजस्ती करणी गर्ने १ जवालाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ।

पीडित १५ वर्षीय किशोरीलाई विवाह गर्ने, शहर लगी घुमाई दिने, सिनेमा देखाइ दिने तथा राम्रा लुगा कपडाहरू खरिद गरि दिने जस्ता अनेकौ किसिमका प्रलोभन देखाई पटक पटक करणी गरेको पिडिताले जाहेरीमा उलेख गरिएको छ।

Advertisement

जबरजस्ती करणी गर्ने पर्सा जिल्ला जगरनाथपुर गाउँपालिका वडा नं.१ का २१ वर्षिय अब्दुल कादिर अन्सारीलाई नियन्त्रणमा राखिएको छ।

Advertisement

चार महिना सम्म जीराभवानी गाउँपालिकाको विभिन्न स्थान तथा खेतमा लगी पटकपटक जबरजस्ती करणी गरी गर्भवती बनाएको आरोपमा पीडितको अभिभावकले जाहेरी दरखास्त दिएपछि घटना उजागर भएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले  जिल्ला पर्सा बाट्ट निजको ठेगानाबाट नियन्त्रणमा लिई जबरजस्ती करणी सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट दिन ७ म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *