Categories स्वास्थ्य हाइलाइट-समाचार

चिकित्सकको परामर्श बिना औषधि सेवन, फाइदा भन्दा नुक्सान बढि ।

Advertisement

अनिषकान्त कुश्वाहा

वीरगंज । बिरामीको उपचारमा सबैभन्दा महत्वपूर्ण औषधि मानिन्छ । यदि औषधिको सेवनमा कुनै प्रकारको गल्ती भयो भने यसको सिधा असर बिरामीको स्वास्थ्यमा पर्न सक्छ । सहि तरिकाबाट औषधि चलाउदा औषधि अमृत हो भने गलत तरिकाले चलाएमा जहर पनि हुन सक्छ ।

Advertisement

औषधि सेवन कर्ताले आफुले खाइरहेको औषधि बारे चिकित्सकलाई बताउने गर्दा यसको फाइदा धेरै हुने गरेको पाइन्छ । तर आजकाल यो कुरा अधिकांशले होशियारी अपनाएका हुदैनन् । हाल घटेको एउटा घटनाले यस कुरालाई प्रष्ठ पार्दछ।

Advertisement

कलैया बसतपुर वडा नं २० का २० वर्षिय मेराज अंसारी बितेको २ महिना पहिला दाद र चिलाउने समस्याले ग्रसित रहेकोबेला डाक्टरको परामर्श बिना औषधि सेवन गर्दा औषधि सकारात्मक असर गर्नुको सट्टा नकारात्मक असरले जिव तातिने छाला झर्ने अन्य नँया समस्या उत्पन्न भएकोले हाल पर्साको नारायणी क्षेत्रीय अस्पतालको मेडिकल वार्डको बेड नं १२ मा छाला रोग बिशेषग्य डा. रोहित गुप्ताको निगरानीमा उपचार भइरहेको र बिरामीका भाई सेराज अंसारी अनुसार स्वास्थ्य अवस्था क्रमिक सुधार हुदै गइरहेको जानकारी गराउनु भयो।

छाला रोग बिशेषग्य डा गुप्ता अनुसार औषधिको सेवन गर्दा बिशेष ध्यान दिनुपर्ने र बिशेषग्यको परामर्श बिना औषधिको सेवन गर्दा अझै सचेत हुनुपर्छ।

हाम्रो स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने औषधिको बारेमा जस्तै विज्ञ र अनुभवी व्यक्तिले पनि चासो दिएको पाइँदैन । औषधि खाएको एक महिनापछि मात्रै त्यो औषधिको सेवन गर्ने मिति सकिएको रहेछ भन्ने थाहा पाउँछौ अर्थात किन्ने बेलामा औषधि सेवनको मिति कहिलेसम्म हो भन्ने विषयमा खासै ध्यान जाने गरेको छैन । जुन कुराले बिरामीलाई प्रत्यक्ष असर गर्छ ।

यदी तपाईँ कुनै अस्पताल जानुभयो र चिकित्सकले औषधि लेखे भने त्यो कुन औषधि हो ? औषधि प्रयोग गर्ने मिति कहिलेसम्म लेखिएको छ, त्यो औषधिले के कस्ता साईडइफेक्स गर्न सक्छ ? खानापछि खाने कि खाना अघि खाने ? कति दिनसम्म खाने र कति घण्टाको फरकमा खाने भन्ने लगायतबारे बुझ्न जरुरी हुन्छ ।

छाला रोग बिशेषग्य डा गुप्ता भन्नु हुन्छ, “सबैभन्दा महत्वपूर्ण कुरा बिरामीले सेवन गर्ने औषधिको रोल के हो ? अर्थात तपाईँले त्यो औषधि किन खाने, त्यो औषधि खाँदा फाइदा के हुन्छ भन्ने बारेमा बुझ्न जरुरी हुन्छ । जबसम्म एउटा बिरामीले औषधिको महत्व के छ भन्ने कुरा बुझ्दैन त्यस्ता व्यक्तिले औषधि छाड्ने, नियमित नखाने जस्ता समस्याहरु हुन्छन्” ।

डा गुप्ता अनुसार चिकित्सकले पनि बिरामीले खाने औषधिको रोल के हो भन्ने बारेमा जानकारी गराउँन आवश्यक छ । यसमा बिरामीले पनि चासो राख्नुपर्छ । चिकित्सकले तपाइँलाई लेखिदिएको औषधि र औषधि पसलले दिएको औषधि एउटै होकी होइन भन्ने बारेमा निश्चित गर्न अति आवश्यक हुन्छ । बनाउने तरिकामा पनि भर पर्छ सकेसम्म सेवन गर्ने औषधि एउटै हुन आवश्यक छ ।

चिकित्सकले कति वटा औषधि लेखिदिए र फार्मेसीले कतिवटा औषधि दिए भन्ने कुराको बारेमा पनि जान्न जरुरी हुन्छ । कहिलेकाहि ५ वटा औषधि लेखिएको ठाँउमा ४ वटा मात्रै दिएको पनि हुनसक्छ । त्यो छुटेको एउटा औषधि अरु औषधि भन्दा महत्वपूर्ण हुन सक्छ ।

औषधिको एकातिरको भागमा औषधिको नाम र कम्पनी अनि डोज लेखेको हुन्छ भने अर्काे भागमा औषधि सेवनको मिति लेखिएको हुन्छ । औषधिको सवैभन्दा महत्वपूर्ण कुरा मानीसको शरीरको तौलको आधारमा दिने औषधि भए जोखेर दिने गर्नुपर्छ ।

डा गुप्ता भन्नु हुन्छ “कुनै व्यक्तिले चिकित्सकको सल्लाह बिना औषधिको डोज घटाउने बढाउने अथवा छोड्ने गर्ने गरेको पनि भेटिन्छ तर चिकित्सकको सल्लाह बिना यस्तो गर्नु गलत हो । यसले फाइदा होइन वेफाइदा बढी गरेको पाइन्छ” ।

कुनै कारण बिना नै सेवन गरिरहेको औषधि बन्द गर्दा केही असर हुन्छ कि हुँदैन भन्ने बारेमा पनि जानकारी हुनुपर्छ । जस्तै: सुगर, प्रेसर लगायत रोगहरुको औषधि लामो समयसम्म खानुपर्ने हुन्छ । चिकित्सकको सल्लाह बिना यो औषधिको डोज घटाउने वा बढाउने गर्नु हुँदैन ।

एउटा औषधि पनि आधा मात्रै भाँचेर खाइरहनु भएको छ भने त्यस्तो औषधि एक दुई दिनपछि खाँदा खासै काम गर्दैन । झोल औषधिमा पनि सिल खोलेपछि एक हप्ता,१५ दिन वा एक महिना मात्रै प्रयोग गर्न सकिन्छ त्यसपछि भने निरन्तर प्रयोग गर्न मिल्दैन ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *