Categories समाचार

कांग्रेसको सकृयतामा भगवाननगर टाँडीमा ओभरहेड टंकीको काम धमाधम अघि बढ्दै

Advertisement

वीरगञ्ज। ठोरी गाउँपालिका १ भगवाननगर टाँडीमा बन्न लागेको ओबरहेड टंकीको जिपिएस मार्फत सर्वेक्षण सुरु गरिएको छ ।

टंकी निर्माणका लागि विज्ञ कम्पनि ललितपुरको हेड कन्सल्टेन्टले टंकीबाट पानी वितरण गरिने क्षेत्रको जिपिएस सर्वेक्षण अघि बढाएको हो ।

Advertisement

सर्वेक्षणका लागि हेड कन्सल्टेन्टका सर्वे इन्जिनियर रविन्द्र साहले भगवाननगर टाँडीसहित सिंगही पर्वत, तिनघरे, मगर टोल, कुवँर टोल लगायतका क्षेत्रको घरधुरीका साथै स्थलगत सर्वे गरिएको सर्वे इन्जिनियर साहले जानकारी दिए ।

Advertisement

टंकी क्षेत्रमा पर्ने बाँकी एरिया भगवाननगर, दिपकनगर, लोप्चन टोल लगायतका क्षेत्रको सर्वे शनिबार गरिने पनि उनले जानकारी दिए ।

विस्तृत परियोजना सर्वेक्षण (डिपिआर) का लागि जिपिएस मार्फत सर्वेक्षण गर्नु पर्ने भएकाले आयोजनाको कन्सल्टेन्टले सर्वेक्षण सुरु गरेको हो ।

२ दिनभित्र जिपिएस मार्फत सर्वेक्षण सकेर फर्केपछि कम्तिमा १०/१२ दिन भित्रमा आफूहरूले विस्तृत रिपोर्ट कार्यालयमा पेस गर्ने पनि सर्वे इन्जिनियर साहले जानकारी दिए ।

नेपाली कांग्रेसका महासमिति सदस्य बृहस्पति कृष्ण श्रेष्ठको पहलमा प्रदेस नम्बर २ का खानेपानी तथा जलस्रोत मन्त्रालयमार्फत उजेली देवी खानेपानी आयोजना समितिले ओभर हेड टंकी निर्माणको काम अघि बढाएको हो ।

डिपिआर रिपोर्ट तयार भएसँगै टंकी निर्माणको ठेक्का प्रकृया अघि बढ्ने छ ।

यस अघि टंकी निर्माण हुन लागेको स्थानको जिल्ला डिभिजन खानेपानी कार्यालयका प्रमुख देव कुमार, इन्जिनियर किशोरी यादब, नेपाली कांग्रेस महासमिति सदस्य बृहस्पति कृष्ण श्रेष्ठ लगायतको टोलीले स्थलगत अनुगमन गरेको थियो ।

जिपिएस सर्वेक्षणमा सञ्चारकर्मी नवराज फुयाँल, वडा नम्बर १ का वडा सदस्य रविन तिमल्सिना, कांग्रेस क्षेत्रीय प्रतिनिधि धर्मेन्द्र गुप्ता, उजेली देवी खानेपानी आयोजना समितिका अध्यक्ष गंगाबहादुर कुवँर लगायतको सहभागिता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *