Categories राजनीति

लोसपा नेपालको वडास्तरीय महिला कमिटी गठन

रामजी यादव
पर्सा । बिन्दवासनी गाउँपालिका वडा नं. ३ सानो झौवामा लोकतान्त्रिक समाजबादी पार्टी नेपालको वडा स्तरीय महिला कमिटी गठन भएको छ।

अनिता रामको अध्यक्षत्तामा ५१ जना वडास्तरीय महिला कमिटी गठन भएको हो ।

Advertisement

लोकतान्त्रिक समाजबादी पार्टी नेपालको महिला जिल्ला अध्यक्ष मालती कुश्वाहाँको सभापतित्वमा भएको कार्यक्रममा अध्यक्षमा अनिता राम, उपाध्यक्षमा आशा देबी ठाकुर, सचिवमा संध्या पटवा, कोषाध्यक्षमा रम्भा देबी, सह-सचिवमा रामकली देबी रहनु भएको छ।

Advertisement

कार्यक्रमको प्रमुख अतिथीमा लोकतान्त्रिक समाजबादी पाटी नेपालको बिन्दवासनी गाउँपालिकाका अध्यक्षका प्रत्याशी उम्मेदवार प्रमोद तिवारी लोकतान्त्रिक समाजबादी पार्टी नेपाल पर्साका महिलाका जिल्ला अध्यक्ष मालती कुश्वाह,नेत्री उषा श्रीवास्तव,मन्जु देबी ,श्याम गिरी,संचारकर्मी चन्द्रशेखर पंडीत, लगायत नेता तथा कार्यकर्ताहरुको उलेख्निय उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *