Categories समाचार समाज

बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा २ जनालाई पक्राउ

Advertisement

वीरगंज । जनकपुरको शिबचौकस्थित एक होटलमा बन्धक बनाएर बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषाले २ जनालाई पक्राउ गरेको छ ।

बालिकाकी सानी आमा शनिचेरीदेवी महराले भतिजीलाई ३ दिनसम्म बन्धक बनाएर बलात्कार गरेको उजुरी दिएपछि प्रहरीले खोजी सुरु गरेको थियो । असोज ३ गतेदेखि ६ गतेसम्म  होटलमा बन्धक बनाएर जबरजस्ती करणी गरेको आरोपमा धनुषाको बिदेह नगरपालिका वडा नम्बर ४, ढाडीका ३० वर्षीय जितेन्द्र कुमार महरा र ३२ वर्षीय अरुणकुमार महरालाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

बेपत्ता भएको तीन दिनपछि घर आएकी बालिकाले घटनाबारे जानकारी गराएपछि असोज ६ गतेकै दिन प्रहरीमा उनीहरुविरुद्ध उजुरी दिएको सानीआमा शनिचेरीदेवीले बताइन् । 

Advertisement

 तीनदिन अघि जनकपुरबाट जितेन्द्रलाई र  बिदेह नगरपालिकाबाट अरुणलाई  बुधबार बिहान प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । पक्राउ परेको दुवैजनालाई जिल्ला अदालत धनुषाबाट म्याद थप गरी हिरासतमा राखेर घटनाको थप अनुसन्धान गरिरहेको प्रवक्ता बस्नेतले जनाए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *