Categories समाचार

मलद्वारमा ब्राउन सुगर लुकाएर ल्याउने पक्राउ

Advertisement

झापा । मलद्वारमा लुकाएर ल्याएको ब्राउन सुगरसहित झापामा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मेचीनगर–४ बस्ने ३७ वर्षीय सम्बरबहादुर आले मगर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Advertisement

प्रहरीका अनुसार शुक्रवार बेलुका ४ बजेर ५५ मिनेटमा मेचीनगर–४ स्थित राईसिङमा प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको प्रहरी टोलीले शङ्का लागेर भारतबाट नेपालतर्फ आउँदै गरेको डब्लु ७४ एके ६०९९ नम्बरको भारतीय मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाइकल चालक आले मगरले मलद्वारमा च्यापेर ल्याएको १४ ग्राम ब्राउन सुगर बरामद गरेको थियो ।

Advertisement

मगरलाई मोटरसाइकलसहित पक्राउ गरी इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको जनाइएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *