Categories राजनीति समाचार

प्रधानमन्त्री एवं नेपाली काँग्रेस सभापति देउवा फेरि एकपटक सभापति बन्ने चहनामा

Advertisement

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले फेरि एकपटक सभापति बन्ने चहनामा रहेको बताउनुभएको छ ।

उहाँले अन्तिम एक पटक सभापति बन्न चाहेको बताउँदै सहयोग गर्न सञ्चारकर्मीहरु मार्फत आग्रह गर्नुभएको हो ।

Advertisement

‘म पार्टीको विधान बमोजिम एकपटक सभापति बन्न चाहेको छु । यो अन्तिम पटक हो । मैले फेरि सभापति भए भने अझै राम्रो गर्न सक्छु,’ बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भन्नुभयो, ‘मैले पार्टीका साथीहरूलाई पनि आग्रह गरेको छु । तपाईँहरुमार्फत पनि आग्रह गर्न चाहन्छु।’

Advertisement

त्यसअघि देउवाले काँग्रेसले महाधिवेशन तामझामका साथ नगर्ने पनि बताउनुभएको थियो । जनतालाई दुख दिने नियत काँग्रेसको नभएको भन्दै उहाँले शक्ति प्रदर्शन नगर्ने उहाँले बताउनुभयो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *