Categories स्वास्थ्य

मुलुकभर थप २५९ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

Advertisement

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ४८७ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ६ हजार ४७२ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ सय ३२ जना र ४ हजार १५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Advertisement

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख १९ हजार ५१४ पुगेको छ ।

Advertisement

पछिल्लो २४ घण्टामा ३३७ जना कोरोनामुक्त भए, ३ को मृत्यु

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ३ सय ३७ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख ०६ हजार २३७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १० हजार ४८७ जनाको परीक्षण हुँदा हालसम्म कुल ५४ लाख ५७ हजार ४२३ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ३ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५५२ पुगेको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *