Categories शिक्षा समाचार

डि.ए. भि.आर .बि. केडिया स्कुलको २८ औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न ।

Advertisement

बीरगंज । डि.ए.भि.आर.बि.केडिया स्कुल परवानीपुरको २८ औं बार्षिकोत्सव तथा स्कुलका संस्थापक स्व. शंकरलाल केडियाको ८६ औं जन्म जयन्तिको उपलक्ष्यमा उक्त स्कुलले शुक्रबार स्कुलको प्राङ्गणमा बिशेष कार्यक्रमको आयोजना गरेको थियो ।

बिशेष कार्यक्रमका प्रमुख अतिथी भारतिय बाणिज्य दुतावास कार्यालय बीरगंजका बाणिज्य दुत नितेश कुमारले स्कुलका संस्थापक स्व.शंकरलाल केडियाको तस्विरमा फुलमाला अर्पण गर्नुको साथै पानसमा दिप प्रज्जवलित गरी कार्यक्रमको समुदघाटन गर्नु भएको थियो । समुदघाटन कार्यक्रममा प्रमुख अतिथी बाणिज्य दुत कुमारले स्कुलको ब्यवस्थापन पक्ष र कार्यरत शिक्षकहरुकै कडा मेहनतका कारण बिधार्थीहरुलाई उत्कृष्ट शिक्षा प्रदानले नै स्कुलले आज २८ औं बार्षिकोत्सव मनाउन सफलता हासिल गरेको बताउनु भयो । उक्त सफलता प्राप्तिका लागि अहोरात्र भुमिका निर्वाह गर्ने महानुभावहरुलाई धन्यवाद प्रकट गर्नुकोसाथै आफनो शुभकामना मन्तब्य प्रकट गर्नु भएको थियो ।

Advertisement

सो कार्यक्रमका बिशेष अतिथी बीरगंज महानगरपालिका कार्यालय बीरगंजका शिक्षा महाशाखाका प्रमुख अरबिन्द लाल कर्णले बीरगंजमा उत्कृष्ठ शिक्षा प्रदान गर्ने स्कुलमध्ये डि.ए.भी.आर.बि.केडिया स्कुल समेत रहेको कार्यक्रममा जानकारी गराउनुकोसाथै आफ्नो शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

Advertisement

कार्यक्रममा अतिथी महिला समाजसेवी उषा शाह, मधु शाह, कादम्बरी स्कुलका प्रिन्सिपल राजेन्द्र अचार्य, डि.पि.एस.का प्रिन्सिपल डा. जि.एस.चौधरी, डि. ए. भी. आर. बि. केडिया स्कुलका प्रिन्सिपल राकेश मिश्र,उप प्रधानाध्यापक सुधिर सिहं,प्रशासक प्रमुख बिजय पटेल, रिपोटर्स क्लब नेपाल पर्साका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ प्रदेश नं २ का प्रदेश पार्षद कन्हैया गुप्ता, खुश्बु अग्रवाल , राजेन्द्र पटेल लगायतले आ आफ्नो शुभकामना मन्तब्य कार्यक्रममा ब्यक्त गर्नु भएका थिए ।

कार्यक्रम स्कुल ब्यवस्थापन समितिका उपाध्यक्ष डा.बिजय अग्रवालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रम सन्चालन स्कुलका शिक्षिका मधु प्रजापतिले गर्नु भएको थियो भने स्वागत मन्तव्य बिधालयका सह- प्रधानाध्यापक सुधिर सिंहले गर्नु भएको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *