Categories कृषि समाचार

धान बेच्न पनि कृषि ज्ञान केन्द्रकाे सिफारिस चाहिने !

नेपालगञ्ज। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिदका लागि किसानसँग कृषि ज्ञान केन्द्र, नेपालगञ्जको सिफारिस माग गरेको छ । सिफारिस लिन केन्द्रमा पुगेका किसानले समयमै सिफारिस पत्र नपाउँदा केन्द्रमा तोडफोडसमेत गरेका छन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी नेपालगञ्जका प्रमुख रामबहादुर विष्टले यस वर्ष किसान पहिचान गराएर मात्रै धान दरिद गर्ने निर्णय गरिएको जानकारी दिँदै त्यसका लागि कृषि ज्ञान केन्द्रबाट सिफारिस ल्याउनुपर्ने व्यवस्था गरिएको बताउनुभयो ।

Advertisement

गत वर्षको भन्दा आधाजति मात्रै धान खरिद गर्ने निर्देशन प्राप्त भएको र धान बिक्री गर्ने किसान धेरै भएकाले सिफारिसका लागि तँछाडमछाड भएको प्रमुख विष्टले बताउनुभयो ।

Advertisement

स्थानीय व्यापारीले सरकारले तोकेको समर्थन मूल्यभन्दा कममा मात्रै धान खरिद गर्ने भएकाले किसान कम्पनीलाई नै धान बेच्न चाहन्छन् । कम्पनीले बाँकेका किसानबाट यस वर्ष २५ हजार क्विन्टल मात्रै खरिद गर्ने भएपछि आफ्नो पालो सुनिश्चित गर्न एकै पटक सयौँ किसान कृषि ज्ञान केन्द्र पुगेको प्रहरीले जनाएको छ । याे खबर गाेरखापत्र दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *