Categories समाचार

दलित पत्रकार संघ पर्साको बैठक सम्पन्न, अनलाईन र मासिक म्यागजिन सञ्चालन गर्ने निर्णय

Advertisement

वीरगञ्ज । राष्ट्रिय दलित पत्रकार संघ पर्साको बैठक शनिवार सम्पन्न भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ पानीट्यांकिस्थित संघको कार्यालयमा संघका अध्यक्ष श्याम पासवानको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

बैठकले यही मंसिर २९ गते बुधवार औपचारिक रुपमा कार्यालयको उद्घाटन गर्ने निर्णय गरेको संघका सचिव सूर्यनारायण वि.क.ले जानकारी दिए । सचिव वि.क.काअनुसार विशूद्ध रुपमा दलितका मुद्धा र आवाजलाई उठान गर्ने अभिप्रायले संघले मासिक रुपमा पत्रिका प्रकाशन गर्नुका साथै अनलाईन सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

Advertisement

बैठकलाई सम्बोधन गर्दै संघका सल्लाहकार बृजलाल पासवानले दलित पत्रकार संघमार्फत पर्सा जिल्लाका दलितहरुका आवाज उठान गर्न मासिक पत्रिका र अनलाईनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । पासवानले भने, ‘अब दलित पत्रकार संघका गतिविधिलाई बढाउनुपर्छ र दलित महिला सदस्यसँगै अन्य दलित समुदायलाई पनि उनीहरुले राज्यबाट पाउने हक अधिकारको बारेमा सुसचित बनाउन संघले पहल चाल्नुपर्छ ।’

Advertisement

संघका अध्यक्ष श्याम पासवानले दलित पत्रकार संघ पर्सा शाखालाई नमुना शाखाको रुपमा विकास गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन् ।

बैठकमा संघका उपाध्यक्ष सुरेश बादल, सदस्यहरु सुबास राम, रामबाबु राम महरा, संगीता दास, सुशिल हजरा, ईश्क कुमार पासवान, दलित अगुवा बुनेल राम लगायतको उपस्थिती रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *