Categories समाचार

खाद्य प्रविधिद्वारा २७ उद्योगविरुद्ध मुद्दा दायर

काठमाडाैं । बजारमा न्यून गुणस्तर तथा दूषित वस्तु उत्पादन तथा बिक्री गर्ने दुई दर्जन बढी उद्योगविरुद्ध खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मुद्दा दायर गरिएको छ। विभागले दूध तथा दुग्धजन्य पदार्थ, मसला, खाद्यान्न दलहन, प्रशोधित पिउने पानी, तेल दाना लगायतका उद्योगविरुद्ध मुद्दा दायर गरेको विभागले जनाएको छ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खाद्य ऐन तथा नियम अनुसार विभागले आठ सय ५२ नमूना संकलन गरेर परीक्षण गरेको छ। नूना परीक्षण गर्दा ६.६८ प्रतिशत नमूना अखाद्य रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलेका प्रवक्ता मोहन कृष्ण महर्जनले बताए।

Advertisement

बजारमा अखाद्य वस्तुको बिक्री बढेको गुनासो आएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कडाई गरेको जनाएको छ। स्वदेशमा उत्पादन भएका तथा विदेशीबाट आयातित खाद्य वस्तु समेत गुणस्तर मापदण्ड विपरित भेटिएपछि ६१ खाद्य पदार्थका कन्साइन्मेन्टहरुको अनुमति अस्वीकृत गरिएको छ। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *