Categories समाचार

साप्ताहिक ट्राफिक सचेतना अभियान-२०७८ कार्यक्रमको आज चौथो दिन ।

Advertisement

बिरगंज । साप्ताहिक ट्राफिक सचेतना अभियान २०७८” कार्यक्रमको आज चौथो दिन रानिघाट एरियामा ट्राफिक जनचेतनामूलक स्टिकर र पर्चा पम्पलेट बितरण गरि मनाइएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा सामुदायिक सेवा केन्द्र तथा सामुदायीक प्रहरी सेवा केन्द्र मुर्लि श्रीपुर
को सहकार्यमा सामुदायीक सेवा केन्द्र मुर्लिका अध्क्षय राम कुमार सर्राफको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

Advertisement

बिरगंज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीको प्रमुख अतिथ्यमा जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्र.जि.अ. भिमकान्त पौडेल , जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश बस्नेत , प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कि , वी.म.न.पा.वडा नं. ११ का वडा अध्यक्ष प्रधुमन सेढाई, वडा नं. ९ का वडा अध्यक्ष मनोज कलवार ,ग्रिनसिटी सामुदायीक सेबा केन्द्र आदर्शनगरका अध्यक्ष प्रकाश खेतान , व.प्र.का. श्रीपुर का प्र.नि. दिनेश गौतम, व.प्र.का.विर्ताका प्रमुख प्र.नि. राजेश राज पुरी, वीरगंज युवा समाजका अध्यक्ष कमल चौगाई, सामुदायिक सेवा केन्द्र मुर्लि श्रीपुरका सचिब दिलिप प्रधान , सामुदायिकका पदाधिकारीहरु , प्रहरी सहायक निरीक्षक तनुजा श्रेष्ठ , प्रहरी हवल्दार , अल्पाईन स्कुलका शिक्षक /शिक्षिका तथा स्काउटका टिम लगायत बिभिन्न संचार माध्यमका संचारकर्मीहरु अन्य क्लवहरुका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Advertisement

बिभिन्न ट्राफिक सचेतना सम्बन्धी स्लोगन भएका २०० वटा स्टिकर टाँस गरिएको, ५०० प्रति पर्चा पम्पलेट वितरण गरिएको साथै सोही कार्यक्रम अन्तर्गत जि. ट्रा. प्र. कार्यालय पर्साका प्र.नि.सुमन कार्की सहितको टोली र बिभिन्न ई-रिक्सा,अटो प्रा.लि.का प्रमुख/प्रतिनिधीले विरगंजको घण्टाघर चोकमा ८५ जना ई रिक्सा अटोका चालकहरुलाई कक्षा संचालन गरिएको तथा २५० प्रति पर्चा पम्पलेट वितरण गरिएको मुर्लि सामुदायिक सेवा केन्द्रका सचिव दिलिप प्रधानले जानकारी दिनु भयो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *