वीरगंज । हिजो भारत–नेपाल मैत्री पुल नजीकै एकजना नेपाली ई–रिक्शा चालकको चक्कु प्रहारबाट मृत्यु भएको छ ।
मृत्यु हुने चालक भारत बिहार मुजफ्फरपुर जिल्लाको मोतिपुर थाना अन्तर्गत जगरनाथपुर निवासी सुशीलकुमार साह रहेका छन् । मृतक साहलाई ई–रिक्शा पार्किङ गर्ने क्रममा मोटरसाइकलमा सवार दुईजनाले चक्कु प्रहार गरी हत्या गरेको प्रत्यक्षदर्शीहरूको भनाइ छ ।
उपचारका लागि अस्पताल लैजाने क्रममा अत्यधिक रक्तस्राव भएका कारण उनको मृत्यु भएको थियो । घटना सम्बन्धमा भारतीय र नेपाली प्रहरी संयुक्तरूपमा घटनास्थलमा पुगी अनुसन्धान गरेका थिए ।
घटनाबारे मृतकले नेपाली प्रहरीलाई बयान दिएको र सो बयानलाई हरैया थानालाई साझा गर्दै अनुसन्धान भइहरेको हरैया थानाका थानाध्यक्ष गौतम कुमारले बताए ।







