Categories समाचार

देशव्यापी बनाइँदै विद्युतीय राहदानी

काठमाडौँ । सरकारले मङ्सिर १ गतेदेखि नेपाल भिœयाएको विद्युतीय राहदानी वितरणलाई सहज बनाउन देशव्यापी अभियान थालेको छ । परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले विद्युतीय राहदानी वितरणका लागि देशव्यापी अभियान थालेको हो ।

विभागका महानिर्देशक डोरनाथ अर्यालले राहदानी विभागको चारवटा छुट्टाछुट्टै टोली देशका विभिन्न जिल्लामा पुगेर विद्युतीय राहदानी वितरणको अभियान सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।

Advertisement

सुरुमा विभागबाट मात्र वितरण गरिएको विद्युतीय राहदानी सर्वसुलभ बनाउन देशव्यापी अभियानमार्फत वितरण टोली खटिएको हो । टोलीले हरेक जिल्ला पुगेर त्यहाँस्थित जिल्ला प्रशासन कार्यालयको टोलीलाई प्रशिक्षित गर्दै विद्युतीय राहदानी वितरणको प्रक्रिया सिकाइरहेको छ ।

Advertisement

शुक्रबार महानिर्देशक अर्यालसहितको टोली रुपन्देही पुगेर विद्युतीय राहदानी वितरण जिल्लाबाट थालेको छ । बुटवलबाट पनि शुक्रबारै विद्युतीय राहदानी वितरण थालिएको छ । अन्य टोली पूर्वी नेपालको विराटनगर, हेटौँडा र चितवनलगायतका जिल्ला पुगेर विद्युतीय राहदानी वितरणको प्रक्रियामा सहजीकरण गरिरहेको अर्यालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “विभागमा पनि एकदम सहज रूपमा विद्युतीय राहदानी वितरण भइरहेको छ, अब हरेक जिल्लाबाटै विद्युतीय राहदानी लिन मिल्ने बनाउन यो अभियान थालिएको हो ।” यो खबर आजको गोखरापत्र दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *