वीरगंज । मानवीय शहर भनेर चिनिने वीरगंजमा बिगतका दिनहरूमा आवश्यक्ता अनुसार कपडा बैंक, राशन बैंक लगायत विभिन्न सेवा मूलक कार्यहरू हुदै आएको छ।
लकडाउन अवधिभर निशुल्क राशन बैंक संचालन गरि प्रभावित व्यक्ति सम्म सेवा पुर्याइएको थियो भने आर्थिक अवस्था कमजोर भएकाहरूको लागी हालसम्म निशुल्क कपडा बैंक संचालनमा रहेको छ।
विभिन्न सेवामुलक कार्य गर्दै आएका युवाहरूलाई दैनिक ज्यालादारी गरि सडकमा जीवन यापन गर्ने व्यक्तिहरूको खाना खाने समस्या समाधान गर्न वीरगंजका केहि क्रियाशील युवाहरुको समुहले रोटी बैंक संचालनमा ल्याएको छ ।
केहि हप्ता देखि वीरगंजमा रोटि बैंक संचालनमा रहेको र यस अन्तर्गत विगत तिन हप्ता देखि प्रत्येक हप्ता ३० देखी ५० प्याकेट सम्म गरी हालसम्म १५३ प्याकेट रोटि तरकारी (खाना) वितरण गरिएको समुहले जनाएको छ ।
समुहलाई साथ र सहयोग गर्न वा कुनै ठाँउमा खाना नपाएर बसिरहेका व्यक्ति सम्म खाना पुर्याउन उल्लेखित सम्पर्क नम्बर ९८०७११८६२८ , ९८०४२६४००१ मा सम्पर्क गर्न सकिन्छ । वितरण कार्यमा प्रतिक , अमन, बिकि, शंशाक,आयुष,साहिल, आदित्य,विवेक लगायतका युवाहरूको सहभागीता रहेको छ।







