Categories समाचार समाज

सोनार युवा अभियान द्वारा न्यानो कपडा वितरण शुरु। 

Advertisement

वीरगंज । मानवीय शहर भनेर चिनिने वीरगंजमा बिगतका दिनहरूमा आवश्यक्ता अनुसार कपडा बैंक, राशन बैंक लगायत विभिन्न सेवा मूलक कार्यहरू हुदै आएको छ।

लकडाउन अवधिभर निशुल्क राशन बैंक संचालन गरि प्रभावित व्यक्ति सम्म सेवा पुर्याइएको थियो भने आर्थिक अवस्था कमजोर भएकाहरूको लागी हालसम्म निशुल्क कपडा बैंक संचालनमा रहेको छ।

Advertisement

विभिन्न सेवामुलक कार्य गर्दै आएका क्रियाशील युवाहरुको एक समुहले चिसो बढ्दै गएपछि दैनिक ज्यालादारी गरि सडकमा जीवन यापन गर्ने  अती बिपन्न व्यक्तिहरूको समस्या आत्मसात गरि समस्या समाधान गर्न हिजो रातीदेखी रात्रीकालिन ज्याकेल वितरण अभियान संचालनमा ल्याएको छ ।

Advertisement

केहि दिनदेखि वीरगंज आसपास क्षेत्रमा चिसो बढ्दै  गएपछि हरेक वर्षझै यसवर्षपनि समर्पण सेवा संस्थाको सहयोगमा सोनार युवा अभियान द्वारा हिजो रातीदेखी ज्याकेट वितरण कार्य शुरु गरिएको हो।

खुल्ला अकाश मुनी सडक पेटिमा बाँस बस्न बाध्य रहेका अति बिपन्न बर्गका ब्यक्तिहरुलाइ उल्लेखित स्थान घंटाघर, बस्पार्क , लक्ष्मनवा , सक्राचार्य गेट , आदर्शनगर , नारायणी अस्पताल लगायतका ठाँउहरुमा ३५ जनालाई ३५ थान ज्याकेट वितरण गरिएको अभियानका संयोजक राजकुमार सर्राफले जानकारी गराउनु भयो ।

वितरण अभियानमा सोनार युवा अभियानका राजकुमार सरार्फ , हरि ॐ सरार्फ ,बिक्की सरार्फ , विवेक सरार्फ ,प्रभु सरार्फ , आदित्य सरार्फ  , राहुल सरार्फ , रामदयाल सरार्फ  र सुमन सरार्फ लगायत युवाहरूको सहभागीता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *