वीरगंज । मानवीय शहर भनेर चिनिने वीरगंजमा बिगतका दिनहरूमा आवश्यक्ता अनुसार कपडा बैंक, राशन बैंक लगायत विभिन्न सेवा मूलक कार्यहरू हुदै आएको छ।
लकडाउन अवधिभर निशुल्क राशन बैंक संचालन गरि प्रभावित व्यक्ति सम्म सेवा पुर्याइएको थियो भने आर्थिक अवस्था कमजोर भएकाहरूको लागी हालसम्म निशुल्क कपडा बैंक संचालनमा रहेको छ।
वीरगंजमा चिसो बढे संगै क्रमश सोनार युवा अभियान र समाजवादी विधार्थी यूनियनले राती खुल्ला आकाश मुनी बस्नेहरूलाई विभिन्न न्यानो कपडाहरू बितरण गर्दै आएको थियो। संस्थाको पूर्व योजना अनुसार हिजो बाट्ट संचालन हुने अभियानमा ७ जना लाई सहयोग र सेवा पुर्याएको संस्थाको पर्सा अध्यक्ष किशन सर्राफले बताउनु भयो।
विभिन्न सेवामुलक कार्य गर्दै आएको युवा वचन संस्थाले ज्यालादारी गरि सडक बास बस्न बाध्य वा अन्य कुनै समस्याले खुल्ला अकाशमुनी सडक जीवन यापन गर्ने व्यक्तिहरूको लागी चिसो बाट्ट बच्न कम्बल, मैट, ईनर (ट्राउजर), टोपि, मोजा र खाने कुरा बितरण अभियान संचालनमा ल्याएको छ ।
संस्थाले बसपार्क, नेशनल मेडिकल कॉलेज,भिस्वा, घण्टाघर, माईस्थान, विर्ता, रजत जयंती चौक हुदै भुटन देवि मंदिर , नगवा हुदै त्रिशूल चौकको पछाडि पुगेर हिजोको अभियान समापन गरेको थियो ।
विगत ५ वर्ष देखी निरन्तर चलिरहेको जाडोमा राहत कार्यक्रम केहि वर्ष देखी काठ्मान्डौंमा पनी संस्थाका केन्द्रीय अध्यक्ष पियुश कादमियाको नेतृत्वमा हुदै आएको छ। हिजो बाट्ट संघिय राजधानी काठ्मान्डौं र आर्थिक राजधानी वीरगंजमा संघै अभियान संचालन गरिएको हो ।
संस्थाका पर्सा अध्यक्ष सर्राफको अध्यक्षतामा भएको बितरण अभियानमा राजन श्रीवास्तव, कमलेश कुशवाहा, प्रतिक अग्रवाल, अमन सर्राफ, बिकि सर्राफ, अनवर आलम, संगम पंडित, राज सर्राफ, अभय सर्राफ, किरण लगायतको उपस्थिति रहेको थियो ।







