Rato Pana
समाचार समाज

मानव सेवा आश्रम वीरगंजद्वारा खुशी जीवनका लागि सकारात्म सोंच कार्यक्रम सम्पन्न

Advertise:
Advertise:

वीरगंज । मानव सेवा आश्रम वीरगंजले आश्रममै जन्म भएको छोरा उमंग र छोरी ओजश्वीको जन्म दिनको उपलक्ष्यमा खुशी जीवनका लागि सकारात्म सोंच कार्यक्रम गरेको छ ।

वीरगंजको नगरसभागृहमा आयोजित कार्यक्रममा पर्सा क्षेत्र नं. १ का सांसद प्रदीप यादवले बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकबिहीन, मानसिक तथा शारीरिकरुपमा कमजोर रहेका मानवहरुलाई मानव सेवा आश्रमले सेवा गर्दै आएकोमा धन्यबाद दिदै जाति, धर्म, राजनीति भन्दा माथि उठेर मानवको सेवा गर्नु नै सच्चा धर्म कमाउनु हो भने ।

मानव सेवा आश्रम हेटौंडाका केन्द्रिय अध्यक्षले रामजी अधिकारीले २०६९ सालमा स्थापना भएको मानव सेवा आश्रम विशुद्ध परोपरकारी सामाजिक संस्था रहेको चर्चा गर्दै सबैका लागि खाना, नाना र सहयोगापेक्षी, सडकआश्रित मानवमुक्त राष्ट्र निर्माण गर्नु नै हाम्रो मुख्य उदेश्य रहेको बताए । मानव सेवा आश्रममा हालसम्म १४४ जनालाई सेवा प्रदान गरेको, ४१ जनालाई पारिवारिक पुनर्मिलन गराएको, ३५ जना स्वेच्छाले उपचार पछि घर गएको, १५ जनाको आश्रममै दुःखद निधन भएको र हाल ५८ जना मानव सेवा आश्रम वीरगंजमा आश्रित रहेको बताए ।

सो अवसरमा होमनाथ तिमल्सिनाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अवसरमा विभिन्न स्कूल, संघ संस्था, चिकित्सक लगायत मानव सेवा आश्रमलाई सहयोग गर्ने सम्पूणलाई खादा ओढाई सम्मानपत्रले सम्मानित गरेको थिए ।

मानव सेवा आश्रम वीरगंजका अभिभावक परिवार संयोजक प्राध्यापक डाक्टर दिपक शाक्यको अध्यक्षतामा भएको सो कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख सुमन कार्की, प्रभु अस्पतालका सञ्चालिका डा. लक्ष्मी थापा, आशासाम अस्पतालका डा. अशोक दास,कादम्बरी एकडमीका संचालक दिपक तुलसियान लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण आश्रमका दिवेश मानवले गरेका थिए ।

Advertise: Advertise: Advertise:

Related posts

Leave a Comment