Categories समाचार

पर्सामा लागुऔषधसहित १९ वर्षीय युवक पक्राउ

Advertisement

वीरगञ्ज ।  ठूलो परिणामको प्रतिबन्धीत लागुऔषधसहित पर्सा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ बाइपास सडकखण्डमा शंकास्पद अवस्थामा हिँडीरहेको वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ मुर्ली निवासी १९ वर्षीय विक्रम सर्राफलाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

सिमावर्ती शहर रक्सौलबाट पैदल आईरहेका सर्राफले बोकेको झोला शंका लागि चेकजाँच गर्दा प्रतिबन्धीत लागु औषध फेला परेको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) ओमप्रकाश खनालले बताए ।

Advertisement

डिएसपी खनालका अनुसार सर्राफको साथबाट नुफ्रिन, डाइजीपाम र फेनारगन साढे ३ सय एम्पुलका दरले १ हजार ५० एम्पुल फेला परेको छ ।

बरामद लागुऔषधसहित सर्राफलाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरी प्रवक्ता खनालले बताए । 

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *