Categories समाचार

भ्रष्टचारमा परी निलम्बित रहेका सांसद रौनियारले अरुलाई भ्रष्टाचारी भनेपछी…

Advertisement

बीरगंज । पर्सा जिल्ला क्षेत्र नं ३ बाट निर्वाचित भई भ्रष्टचारमा परी निलम्बित गरिएका सांसद हरीनारायाण रौनियारले एक जना प्रमुख प्रशासकिय अधिकृतलाई संघिय मामिला तथा सामान्य प्रसाशन मन्त्रालयमा पत्र पठाएर बोलाउन बारम्बार केही महिना अगाडी देखि नै दवाव दिइदै आएको पोखरीया नगरपालिकाका मेयर दिपनारायाण रौनियारले बताएका छन् ।

भ्रष्टचारमा परी निलम्बित भएका सांसद रौनियारले आफू चाहे अनुसार पोखरीया नगरपालिकामा भ्रस्टचार गरी नगरपालिकाका मेयरलाई बद्नाम गराउने प्रयास गरिरहेका एक स्रोतले जनाएको छ । निलम्बित सांसद आफू चाहे अनुसार काम काज गराउन बारम्बार नगर प्रमुख तथा अधिकृतलाई भन्दा उहाँ सोचे अनुसार काम काज नगरी जनताको विकास र जनचाहना अनुसार काम काज भइरहेकोले उहाँलाई जलन भइरहेको समेत केहि व्यक्तिको बुझाई रहेको छ।

Advertisement

उक्त कुरा नमाने पश्चात पोखरीया नगरपालिकाको कार्यालयलाइ नै बदनाम गराउनुको साथै नगर प्रमुखलाइ समेत भ्रष्टाचारी बनाइ निलम्बित सांसद राैनियारकाे लगानीमा संचालनमा रहेकाे स्थानिय एफएम र स्थानिय अनलाइन न्यूज पोर्टल मार्फत बिभिन्न किसिमको गलत प्रचार गराउदै आएको मेयर रौनियारले गुनासो पोखे ।

Advertisement

साथै उहाँले निलम्बित सांसद रौनियारले पोखरीया नगरपालिकामा कुनै किसिमको बिकास समेत नगरेको र आफ्नो ठेका कम्पनीबाट जहाँ पनि काम गरेका छन् त्यहाँ कमसल र गुणस्तरहीन काम मात्र गरेको मेयर रौनियारले बताए ।

निलम्बित सांसद रौनियार किन र के कति कारणले प्रमुख प्रशासकिय अधिकृतलाई संघिय मामिला तथा सामान्य प्रसाशन मन्त्रालयमा पत्र पठाएर बोलाउन बारम्बार केही महिना अगाडी देखि नै दवाव दिइदै आएका हुन म अहिले सम्म बुझ्न नसकेको उहाँले जनाए ।

बिभिन्न माध्यमबाट बिभिन्न प्रकारको दबाव दिइएता पनि म नमाने पश्चात निलम्बित सांसद रौनियारले आफ्नो पहुँचबाट मन्त्रालयबाट एक जना अधिकृतलाई पोखरिया नगरपालिकामा ल्याउन प्रयास गरी रहेका छन ।

हाल पाेखरीया नगरपालिका कार्यालयमा कार्यरत प्रमुख प्रशासकिय अधिकृत संदेश यादबकाे साथी नै रहनु भएका अर्का प्रमुख प्रशासकिय अधिकृतसँग टेलिफाेनमा कुराकानी हुँदा अधिकृतले साे बारेमा मलाइ केही जानकारी नै नरहेकाे जनाए ।

उक्त कुरा प्रमुख प्रशासकिय अधिकृत यादवले नगर प्रमुखलाइ जानकारी समेत गराएकाे कुरा पाेखरीया नगरपालिकाकाे प्रमुख राैनियारले बताए । साथै आफै भ्रस्टचारमा परी निलम्बित गरिएको सांसदको मुखबाट अरूलाई भ्रष्टचारी भन्नु कति जायज कुरा हो त्यो जनताहरू पनि मूल्याङ्कन गरिरहेका छन् भने बताए । यति मात्र हैन निलम्बित सांसद रौनियारले पकहा मैनपुर गाउँपालिकाबाट बाढी पीडितका लागि ल्याइएको १४० बोरा चामल म आफै किनेर ल्याएको गलत प्रचार समेत गराएका व्यक्ति हुन । निलम्बित सांसद रौनियार माथि यस्ता कति आरोप लागेका तथा कति भ्रष्टचार प्रमाणित भएको छन् भ्रष्टचार प्रमाणित भएर नै निलम्बित भएका छन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *