Categories समाचार स्वास्थ्य

सवाधान : जाडो महिनामा सामान्य असावधानीले गुम्न सक्छ ज्यान

Advertisement

काठमाडौँ । चिसोबाट जोगिन झ्यालढोका बन्द गरी आगो, कोइला, ग्यास गिजर वा हिटर बालेर सुत्दा सतर्क हुनुहोस् । सामान्य असावधानीले ज्यान गुम्न सक्छ । यस्तै घटना बाँकेमा भएको छ ।

नेपालगञ्जस्थित भेरी अस्पताल परिसरमा रहेको कर्मचारी आवास गृहमा बिहीबार बिहान यस्तै असावधानीका कारण एकै परिवारका चार जनाले अकालमै ज्यान गुमाउनुप¥यो । तीन जना सख्त घाइते छन् ।

Advertisement

कर्णाली प्रदेश मेडिकल स्टोर कार्यालयका कर्मचारी कालीकोट खाँडाचक्रका २४ वर्षीय धनप्रसाद भट्टराई, आमा कोकिला, दिदी नन्दकला र नन्दकलाकी तीन महिनाकी छोरीको मृत्यु भएको हो । धनप्रसादकी श्रीमती सुशीला, तीन वर्षको छोरा दिवश र भाइ नरेन्द्रको उपचार भइरहेको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तथा प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले चिसो बढेपछि कोठा न्यानो पार्न कोइला बालेर सपरिवार आवास गृहको भुइँ तलाको एउटा कोटामा सुतेका र झ्यालढोका पूर्ण रूपमा बन्द रहेको बताउनुभयो ।

“चिसोमा कोठा तातो पार्न झ्यालढोका बन्द गरी कोइला बालेर सबै जना सुतेको हुनुपर्छ” घटनास्थल विवरण सुनाउँदै उहाँले भन्नुभयो, “थप कारण पोस्टमार्टम रिपोर्टबाट खुल्नेछ ।”

बिहान अबेरसम्म भट्टराई परिवार नउठेपछि अन्य छिमेकीले नै ढोका ढक्ढक्याएर उठाउने प्रयास गरेका थिए । कोही नउठेपछि प्रहरीलाई खबर गरिएको थियो ।

नन्दकला केही दिनअघि मात्र भाइ र आमा भेट्न आवास गृहमा आउनुभएको थियो ।

यसअघि दोलखाको तामाकोसी गाउँपालिका–२ स्थित झुलेमा पनि श्यामबहादुर तामाङ, उहाँकी पाँच दिनकी सुत्केरी पत्नी अम्बिका र शिशुको निसास्सिएर मृत्यु भएको थियो ।

गत मङ्सिर १५ गते सुत्केरीलाई न्यायो पार्न कोइला बालेर सुतेको तामाङ परिवार भोलिपल्ट मृत अवस्थामा फेला परेको थियो । यो खबर आजको खोरखापत्र दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *